बिहान ६ देखी ९ बजेसम्म राजविराजस्थित रंगशालामा हाट बजार लाग्दै

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १४, २०७६
|
|
१९ पटक हेरिएको
Shares
बिहान ६ देखी ९ बजेसम्म राजविराजस्थित रंगशालामा हाट बजार लाग्दै

सारांश

  • हाल वडा नं.
  • ७ मा संचालित हाट बजार बन्द गरि शनिबार बिहान ६ बजेदेखी ९ बजेसम्म रंगशालामा लगाउने नगरपालिकाको शुक्रबार सम्पन्न बैठकले निर्णय गरेको हो ।
  •   स्थानिय प्रशासनले लकडाउनको अवधीमा बिहान ६ बजेदेखी ९ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक खाद्यान्न र तरकारी किन्न छुट दिएपछि उक्त हाट बजारमा सर्वसाधारणको अत्याधिक भिड लाग्ने गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १४ चैत । 
सम्भावित कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै राजविराज नगरपालिकाले शनिबारदेखी राजविराजस्थित राजरंगशालामा हाट बजार लगाउने निर्णय गरेको छ । 
हाल वडा नं. ७ मा संचालित हाट बजार बन्द गरि शनिबार बिहान ६ बजेदेखी ९ बजेसम्म रंगशालामा लगाउने नगरपालिकाको शुक्रबार सम्पन्न बैठकले निर्णय गरेको हो । 
स्थानिय प्रशासनले लकडाउनको अवधीमा बिहान ६ बजेदेखी ९ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक खाद्यान्न र तरकारी किन्न छुट दिएपछि उक्त हाट बजारमा सर्वसाधारणको अत्याधिक भिड लाग्ने गरेको थियो । जसकारण कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सतर्कताका लागि सो हाट बजार हालका लागि बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख शम्भुप्रसाद यादवले बताए । 
    सामाजिक दुरी कायम गर्दै ग्राहक ग्राहकबीच कम्तिमा ३ मिटरको फरकमा लाम बसी उपभोग्य सामाग्रि खरीद बिक्रि गर्ने गरि रंगशालाको खेलमैदानलाई व्यवस्थित गर्न लागिएको उनको भनाई छ । 
    यसैबीच लकडाउनको बेला नगरपालिकाले खाद्यान्नको आपुर्तीका लागि घर घरमा खाद्यान्न पु¥याउने व्यवस्था मिलाएको छ । यसका लागि निर्मल किराना पसल, महेश साह र रमेश किराना पसलले ग्राहकको घर घरमा खाद्यान्न पु¥याउने प्रतिबद्धता जनाएको राजविराज नगरपालिका वडा नं. ८ का अध्यक्ष जयनारायण मण्डलले जानकारी दिएका छन् ।  
    यस्तै वडा नं. ८ स्थित पुलचौकमा ५, सिन्हा ग्यारेज नजिक २ र रुपनी रोडस्थित सप्mटेक कलेजक नजिक ३ वटा तरकारी पसल व्यवस्थित रुपले संचालनका लागि तयार भएको वडा अध्यक्ष मण्डलको भनाई छ ।  
    
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे
आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे
कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन 
कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन 
बहुबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान 
बहुबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान 
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
वडा अध्यक्षको घरबाटै मोटरसाईकल चोरी
सामुहिक बलात्कारका अरोपी प्रहरी नियन्त्रणमा
प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि  बढीरहेका छन् : डा. कोइराला
प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि  बढीरहेका छन् : डा. कोइराला
नागरिकता बनाउन आउनेको अत्याधिक भिड
नागरिकता बनाउन आउनेको अत्याधिक भिड
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान 
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान