बिहान ६ देखी ९ बजेसम्म राजविराजस्थित रंगशालामा हाट बजार लाग्दै

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १४, २०७६
|
|
७१ पटक हेरिएको
Shares
बिहान ६ देखी ९ बजेसम्म राजविराजस्थित रंगशालामा हाट बजार लाग्दै

सारांश

  • हाल वडा नं.
  • ७ मा संचालित हाट बजार बन्द गरि शनिबार बिहान ६ बजेदेखी ९ बजेसम्म रंगशालामा लगाउने नगरपालिकाको शुक्रबार सम्पन्न बैठकले निर्णय गरेको हो ।
  •   स्थानिय प्रशासनले लकडाउनको अवधीमा बिहान ६ बजेदेखी ९ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक खाद्यान्न र तरकारी किन्न छुट दिएपछि उक्त हाट बजारमा सर्वसाधारणको अत्याधिक भिड लाग्ने गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १४ चैत । 
सम्भावित कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै राजविराज नगरपालिकाले शनिबारदेखी राजविराजस्थित राजरंगशालामा हाट बजार लगाउने निर्णय गरेको छ । 
हाल वडा नं. ७ मा संचालित हाट बजार बन्द गरि शनिबार बिहान ६ बजेदेखी ९ बजेसम्म रंगशालामा लगाउने नगरपालिकाको शुक्रबार सम्पन्न बैठकले निर्णय गरेको हो । 
स्थानिय प्रशासनले लकडाउनको अवधीमा बिहान ६ बजेदेखी ९ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक खाद्यान्न र तरकारी किन्न छुट दिएपछि उक्त हाट बजारमा सर्वसाधारणको अत्याधिक भिड लाग्ने गरेको थियो । जसकारण कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सतर्कताका लागि सो हाट बजार हालका लागि बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख शम्भुप्रसाद यादवले बताए । 
    सामाजिक दुरी कायम गर्दै ग्राहक ग्राहकबीच कम्तिमा ३ मिटरको फरकमा लाम बसी उपभोग्य सामाग्रि खरीद बिक्रि गर्ने गरि रंगशालाको खेलमैदानलाई व्यवस्थित गर्न लागिएको उनको भनाई छ । 
    यसैबीच लकडाउनको बेला नगरपालिकाले खाद्यान्नको आपुर्तीका लागि घर घरमा खाद्यान्न पु¥याउने व्यवस्था मिलाएको छ । यसका लागि निर्मल किराना पसल, महेश साह र रमेश किराना पसलले ग्राहकको घर घरमा खाद्यान्न पु¥याउने प्रतिबद्धता जनाएको राजविराज नगरपालिका वडा नं. ८ का अध्यक्ष जयनारायण मण्डलले जानकारी दिएका छन् ।  
    यस्तै वडा नं. ८ स्थित पुलचौकमा ५, सिन्हा ग्यारेज नजिक २ र रुपनी रोडस्थित सप्mटेक कलेजक नजिक ३ वटा तरकारी पसल व्यवस्थित रुपले संचालनका लागि तयार भएको वडा अध्यक्ष मण्डलको भनाई छ ।  
    
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी