दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 

राजविराज राजविराज
|
शनिबार, माघ २९, २०७८
|
|
२१ पटक हेरिएको
Shares
दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 

सारांश

  •     उनका अनुसार मोटरसाइकलमा रहेका ती यूवाहरुले गाईलाई ठक्कर दिएपछि किशोरीले प्रतिबाद गर्दा कुटिएकी हुन् ।
  • कुटपिटबाट उनको ओठ फुटेको छ ।
  • उनले कुटपिटमा केही भारतीय यूवा समेत संलग्न रहेको बताइन् ।

    राजविराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित प्रहरी चौकी अगाडी शनिबार बिहानैदेखी स्थानियहरु धर्ना दिँदै प्रदर्शनमा उत्रिएका छन् । 
    कुटपिटमा संलग्नलाई पक्राउ गरि कारवाहीको माग गर्दै उनीहरु धर्ना र प्रदर्शनमा उत्रिएका हुन् । स्थानियहरुले प्रहरी प्रशासनबिरुद्ध नाराबाजी गर्दै कोइलाडी बरसाइन प्रहरी चौकी अगाडी टायर बालेर प्रदर्शन गरेका छन् । 
    शुक्रबार सो गाउँपालिका ४ का वडा सदस्य दिनेश सिंहको घरमा आयोजित भोजमा सहभागि हुन आएका केही युवाहरुले गाई चराउँदै गरेकी स्थानिय एक किशोरीलाई कुटपिट गरेको स्थानिय एवं जसपा मधेश प्रदेश समितिका सदस्य सुरजित सिंह गुडुले जानकारी दिए ।
    उनका अनुसार मोटरसाइकलमा रहेका ती यूवाहरुले गाईलाई ठक्कर दिएपछि किशोरीले प्रतिबाद गर्दा कुटिएकी हुन् । कुटपिटबाट उनको ओठ फुटेको छ । उनले कुटपिटमा केही भारतीय यूवा समेत संलग्न रहेको बताइन् । सो घटना बारे जानकारी पाएपछि गाउँबाट किशोरीका आफन्तसहित पुगेकाहरुमाथी समेत ती यूवाहरुले आक्रमण गरेका थिए । 
    यूवाहरुको आक्रमणबाट सोही वडाका धमेन्द्र मण्डल, अमित मण्डल र रिंकु मण्डल घाइते भएका छन् । टाउँको फुटेका तीनै जनाको राजविराजस्थित छिन्नमस्ता अस्तालमा उपचार भइरहेको छ । 
    यता घटनामा संलग्न मध्येका ६ जनालाई प्रहरीले शुक्रबारै साँझ पक्राउ गरेपनि तीनजनालाई शनिबार बिहान छाडेपछि स्थानियवासी आक्रोसित भई आन्दोलनमा उत्रेका छन् ।
    उनीहरुले कुटपिटमा संलग्नलाई छाडेको भन्दै पुनः पक्राउ गर्न, कोइलाडी बरसाइन प्रहरी चौकीका जिम्मेवार प्रहरी अधिकारीलाई अन्यत्र सरुवा तथा सांघातिक आक्रमण गर्नेहरुमाथी ज्यान मार्ने उद्योग शिर्षक अन्तरगत मुद्दा चलाउन माग गरेका छन् ।
    यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले उक्त घटना दुई पक्षबीच भएको झडपका कारण भएको बताउँदै कुटपिटमा संलग्न रहेका तीन जनालाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ 
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ 
मिटरब्याजी विरूद्ध कडा कदम चालिने ः मुख्यमन्त्री राउत
मिटरब्याजी विरूद्ध कडा कदम चालिने ः मुख्यमन्त्री राउत
सप्तरी काँग्रेस उपसभापति यादवद्वारा पदभार ग्रहण
सप्तरी काँग्रेस उपसभापति यादवद्वारा पदभार ग्रहण
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
माध्यमिक शिक्षा परीक्षा र हाम्रो दायित्व
माध्यमिक शिक्षा परीक्षा र हाम्रो दायित्व
दुई वर्षमा पनि बनेन्  राजविराज–छिन्नमस्ता सडक
दुई वर्षमा पनि बनेन्  राजविराज–छिन्नमस्ता सडक
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
सप्तरीमा जिल्ला समन्वय समिती गठनमा अन्यौल
सप्तरीमा जिल्ला समन्वय समिती गठनमा अन्यौल
बृहत पुस्तक प्रदर्शनी सुरु
बृहत पुस्तक प्रदर्शनी सुरु