बालबालिकाले लाइटर खेलाउँदै गर्दा सल्केको आगोले लाखौंको सम्पत्ति नष्ट, महिला घाइते

राजविराज राजविराज
|
बुधबार, चैत्र १५, २०७९
|
|
३८ पटक हेरिएको
Shares
बालबालिकाले लाइटर खेलाउँदै गर्दा सल्केको आगोले लाखौंको सम्पत्ति नष्ट, महिला घाइते

सारांश

  •     जिल्लाको खडक नगरपालिका ५ खोजपुरमा मंगलबार साँझ ४ वर्षिय बालक गोविन्द साहले जथाभावी ढंगले लाईटर खेलाउँदै गर्दा अचानक आगो सल्केर आगलागि हुँदा तीन लाख मुल्य बराबरको सम्पती जलेर नष्ट भएको छ ।
  •       प्रहरीका अनुसार बालक र घरको समान जोगाउने क्रममा उनको २५ वर्षिया आमा मञ्जु देवी घाइते भएकी छिन ।
  • अनुहार पोलिएको उनको स्थानीय पोली क्लिनीकमा उपचार भइरहेको छ ।

दैनिक समाचारदाता
राजविराज, १५ चैत ।

    एउटा सानो गल्तिका कारण सप्तरीको दुई स्थानमा आगलगि हुँदा ६ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । सो आगलागि बालबालिकाले लाइटर खेलाउँदै गर्दा आगो सल्केर भएको हो । घटनामा सम्पत्ति जल्नुका साथै एक महिला पनि घाईते भएकी छिन् । 
    जिल्लाको खडक नगरपालिका ५ खोजपुरमा मंगलबार साँझ ४ वर्षिय बालक गोविन्द साहले जथाभावी ढंगले लाईटर खेलाउँदै गर्दा अचानक आगो सल्केर आगलागि हुँदा तीन लाख मुल्य बराबरको सम्पती जलेर नष्ट भएको छ । 
    प्रहरीका अनुसार बालक र घरको समान जोगाउने क्रममा उनको २५ वर्षिया आमा मञ्जु देवी घाइते भएकी छिन । अनुहार पोलिएको उनको स्थानीय पोली क्लिनीकमा उपचार भइरहेको छ । 
    हजुरबुवा रामवरण साहको घरमा आएको बेला नाती गोविन्दले लाइटर खेलाउँदै गरेको तर, अभिभावकले निगरानी गर्न नसक्दा त्यस्तो घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहको भनाइ छ । 
    आगलागीमा साहको घरका साथै काठ, फर्निचर, खाद्यान्न, लत्ताकपडा र नगद ५० हजार गरी ३ लाखको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 
    यता मंगलवार साँझै राजविराज नगरपालिका १५ देउरी भरुवास्थित बिलेती यादवको घरमा स–साना बालबालिकाले लाईटर खेलाउने क्रममा अचानक सल्केको आगोले फुसको घरका साथै गरगहना, धान, गहु, चामल र भाडाँवर्तन गरी तीन लाख बराबरको सम्पती नष्ट भएको छ । 
    दुबै आगलागी स्थानीवासी, प्रहरी र बारुणयन्त्रको मद्दतले २ घण्टको प्रयास पछी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 
    गर्मी मौसम सुरुआत संगै चल्ने हावाहुरी तथा आवश्यक सर्तकता अपनाउन नसक्दा जिल्लामा दुई साता यता डेढ दर्जन भन्दा बढी आगलागीका घटना भएका छन । केही घटना विद्युत सर्ट भई देखिए पनि अधिकाँश घटना खाना पकाई सकेपछी चुलो राम्ररी ननिभाउने, बालबालिकाले जथाभावी प्रज्वलनशिल उपकरणबाट खेल्ने, चुरोट विडी खाएर जथाभावी प्mयाल्ने, लामखुट्टे धपाउन जथाभावी घुर बाल्ने लगायतका लापरवाहीका कारण भएको पाइएको प्रहरीको भनाइ छ । 
    प्रहरीले अहिले आगलागीका घटना न्युनीकरणका लागी जिल्लाभर सचेतना अभियान चलाएपनी यस्ता घटनाहरुबाट सर्वसाधारणले पाठ सिक्न नसक्नु दुःखद छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै 
अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै 
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल
मेरिल्याण्ड नेपालको उत्कृष्ट टप पाँच कलेजमा पर्न सफल
राजविराज कारागार समस्यै समस्याले ग्रसित,  विद्युत जाँदा टर्च लाईट बालेर निगरानी
राजविराज कारागार समस्यै समस्याले ग्रसित,  विद्युत जाँदा टर्च लाईट बालेर निगरानी
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी  गाउँपालिकाद्वारा एक लाख सहयोग
हावाहुरी पीडितलाई तिलाठी कोइलाडी  गाउँपालिकाद्वारा एक लाख सहयोग
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
मोटरसाईकल र पिकअप ठोकिँदा एकको मृत्यु
मोटरसाईकल र पिकअप ठोकिँदा एकको मृत्यु
वडाकै आईए पास एक्ली दलित महिला जनप्रतिनिधी
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी
गजेन्द्र नारायण सिंह अस्पतालमा सिटी स्क्यान जडान
गजेन्द्र नारायण सिंह अस्पतालमा सिटी स्क्यान जडान