वडाकै आईए पास एक्ली दलित महिला जनप्रतिनिधी

राजविराज राजविराज
|
बिहिबार, माघ ९, २०७६
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  •     उनी गत स्थानीय तहको निर्वाचनमा राजपाबाट उम्मेदवार भई वडा सदस्य पदमा निर्वाचित भएकी हुन ।
  •     राजविराज नगरपालिका ९ मलेठ घर भएकी उनी दलित समुदायमै सो वडामा सर्वाधिक पढेलेखेकी महिला हुन् ।
  • एक छोरा र दुई छोरीकी आमा उनी सो वडामा दलित समुदायमै एक्ली आइएड पास हुन् ।

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
    राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाको संयोजकत्वमा गठित तीन सदस्यीय न्यायिक समितीकी सदस्यको रुपमा ३६ वर्षिया रेखा देवी खत्वे पनि छिन् । 
    उनी गत स्थानीय तहको निर्वाचनमा राजपाबाट उम्मेदवार भई वडा सदस्य पदमा निर्वाचित भएकी हुन ।
    राजविराज नगरपालिका ९ मलेठ घर भएकी उनी दलित समुदायमै सो वडामा सर्वाधिक पढेलेखेकी महिला हुन् । एक छोरा र दुई छोरीकी आमा उनी सो वडामा दलित समुदायमै एक्ली आइएड पास हुन् । उनका पति किसान हुन । 
    रेखा राजविराज नगरपालिकाको न्यायिक समितीमा पुगी उपप्रमुखसंगै दफा उपदफा केलाएर न्याय सम्पादन कार्यमा महत्वपुर्ण योगदान पु¥याइरहेकी छिन् । 
    राजनीति र न्याय सम्पादन दुबैमा सक्रिय भएपछि विस्तारै खारिदै गएकी छिन उनी । नगर प्रमुख शम्भु प्रसाद यादव र उप्रमुख झा पनि उनको कामबाट खुशी छन् ।
    संयोजक झाको कुशल नेतृत्वमा अधिकाँश मुद्दा मिलापत्र गरी टङ्गयाउन सफल भएको रेखाले बताईन । अधिकाँश मुद्दा घरायसी हुने गरेकोले मिलापत्रमा जोड दिदै कतिपय मुद्दामा कडा निर्देशन पनि दिने गरेको बताइन् ।
    अदालतको न्याय लामो र महगो हुदै गएपछि नागरिकलाई स्थानीय तहको गठित न्यायिक समिती मार्फत निशूल्क र छिटो छरितो न्याय पाउन सहज भएको उनको ठम्याई छ । न्यायिक समिति गठन भए यता नगरपालिकाको न्यायिक इजलाशमा १ सय १४ मुद्धा दर्ता भए । जस मध्ये ५० प्रतिशत फच्र्याेट भइसकेको उनी बताउँछिन । 
    यस्तै केही जटिल प्रकृतिका र अधिकार क्षेत्र बाहिरका मुद्धा अदालत पठाइएको छ भने बाँकी फच्र्याेट प्रकृयामा रहेको उनले बताइन । इजलाशमा सबभन्दा बढी जग्गा किचलो र महिला माथी हुने घरेलु हिंसाको मुृद्धा आउने गरेको छ । त्यस पछि घरायसी झगडा, शारिरीक यातना, सम्बन्ध विच्छेद, कुटपिट र लेनदेनका मुद्धा आउने गरेको उनी बताउछिन । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा माइती भएकी उनले चरम आर्थिक अभावका वावजुद आमाबुवाले पढाउनु र पतिले पनि साथ दिदा आज यस्तो अवसर पाउन सफल भएको बताउछिन । उनले न्यायिक समितीमा पाएको जिम्मेवारीमा खरो उत्रिने गरी काम गरिरहेको र भविष्यमा यसले सकारात्मक परिणाम दिने विश्वास समेत ब्यक्त गरेकी छिन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
चित्रगुप्तको कलम एक लाख ५ रुँपैयामा बिक्री
चित्रगुप्तको कलम एक लाख ५ रुँपैयामा बिक्री
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण
सिन्डीकेट लगाएर पुस्तक बिक्रि गरिरहेका  व्यवसायी र अभिभावकबीच झडप
सिन्डीकेट लगाएर पुस्तक बिक्रि गरिरहेका  व्यवसायी र अभिभावकबीच झडप
अहिलेको पत्रकारिता निकै चुनौतीपूर्ण  छ ः मुख्य न्यायाधिश ज्ञवाली
अहिलेको पत्रकारिता निकै चुनौतीपूर्ण  छ ः मुख्य न्यायाधिश ज्ञवाली
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु 
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु 
छिन्नमस्ता र रुपनी गाउँपालिकाको टिम फाइनल खेल्ने
छिन्नमस्ता र रुपनी गाउँपालिकाको टिम फाइनल खेल्ने
किरा र लेदोसहितको बोतलको पानी बजारमा, पानी पिएर दुई जना बिरामी 
किरा र लेदोसहितको बोतलको पानी बजारमा, पानी पिएर दुई जना बिरामी 
घरायसी विवादका कारण एसईईको तयारीमा रहेकी किशोरीद्वारा आत्महत्या
घरायसी विवादका कारण एसईईको तयारीमा रहेकी किशोरीद्वारा आत्महत्या
उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता
उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता