एकै ब्यक्तीको एक दिनको फरकमा दुई किसिमको स्वास्थ्य रिर्पाेट

राजविराज राजविराज
|
सोमबार, चैत्र ४, २०८१
|
|
२२ पटक हेरिएको
Shares
एकै ब्यक्तीको एक दिनको फरकमा दुई किसिमको स्वास्थ्य रिर्पाेट

सारांश

  •     प्रयोगशाला पिच्छे फरक–फरक रिर्पाेट आउनाले विरामी र चिकित्सक समेतलाई अफ्ठ्यारोमा पारेको छ ।
  • कुन रिर्पाेटको आधारमा बिरामीका लागि औषधी लेख्ने बारे समेत समस्या परेको छ ।
  •       पत्रकारिता पेशामा रहेका सप्तरीको रुपनी गाउँपालिका ४ निवासी ४९ वर्षिय विनयकुमार लाल कर्णको यस्तो रिपोर्ट आएको हो ।

दैनिक समाचारदाता
राजविराज, ४ चैत । 

    एकै व्यक्तिको स्वास्थ्य रिपोर्ट एक दिनको फरकमा दुई किसिमको आएपछि प्रयोगशालाप्रति प्रश्न चिन्ह खडा भएको छ । 
    प्रयोगशाला पिच्छे फरक–फरक रिर्पाेट आउनाले विरामी र चिकित्सक समेतलाई अफ्ठ्यारोमा पारेको छ । कुन रिर्पाेटको आधारमा बिरामीका लागि औषधी लेख्ने बारे समेत समस्या परेको छ । 
    पत्रकारिता पेशामा रहेका सप्तरीको रुपनी गाउँपालिका ४ निवासी ४९ वर्षिय विनयकुमार लाल कर्णको यस्तो रिपोर्ट आएको हो । उनी नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष समेत हुन । 
    गत फागुन २७ गते स्वास्थ्यमा समस्या भएपछि उनी राजविराजस्थित स्थानीय गजेन्द्र नारायण सिह अस्पताल परिसरमा संचालनमा रहेको प्रयोगशालमा रगत जचाएका थिए । रगत जचाउदा रिर्पोटमा खाली पेट १ सय ७२ र खाना खाएपछि रगतमा चीनी (सुगर) को मात्रा १ सय ५३ देखाइएको थियो । 
    विगतमा कहिले सुगरको मात्रा नबढेको तर रिर्पाेटमा मात्रा बढेको देखिएपछि उनलाई रिर्पाेटमाथी नै शंका लागी भोली पल्टै फागुन २८ गते विहान पुनः रगत जाँचका लागी विराटनगर पुगे । 
    विराटनगरको इन्डोक्राइन क्लिनिकमा पुनः जाँच गराउँदा खाली पेटमा ९६ र खाना खाएपछि रगतमा चिनी (सुगर) को मात्रा १ सय २९ को रिर्पोट आयो । त्यस पछि चकित परेका उनी दुबै रिर्पाेट लिएर चिकित्सक कहाँ पुगे । चिकित्सकले विराटनगर कै रिर्पाेटलाई मान्यता दिदै औषधी चलाएपछी आफ्नो स्वास्थ्यमा सुधार भएको कर्ण बताउँछन । 
    रिर्पाेट कै आधारमा डाक्टरले औषधी लेख्ने भएको हुँदा ल्याब पिच्छे फरक रिर्पाेट आउनुले आफु मात्र नभई केही बेर चिकित्सक समेत अलमलमा परेको र अन्त्यमा सोच विचार गरी विराटनगर कै रिर्पाेटलाई आधार बनाएर औषधी दिएको कर्णले सुनाए । 
    उनले दुबै प्रयोगशालाबाट फरक फरक रिर्पाेट आउँदा विरामी र चिकित्सकलाई अलमलमा पार्नुका साथै कसको रिर्पाेट ठिक मान्ने ? भन्ने गम्भिर प्रश्न उठेको समेत बताए । उक्त दुबै प्रयोगशालाका स्वास्थ्यकर्मीले भने आ–आफ्नो रिर्पाेट नै ठिक रहेको दाबी गरिरहेका छन । 
    यसरी एउटा रिर्पाेटमा चिनीको मात्रा कम र अर्काेमा बढी हुनुलाई सामान्य फरक भन्न नमिल्ने बताउँदै पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवले त्यस्ता ल्याब र क्लिनिकहरुमा पनि कडाइका साथ सम्बन्धित निकायद्वारा अनुगमन गरिनु पर्ने माग गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज उच्च अदालत बार एशोसिएशनमा लोकतान्त्रिक समूहको वर्चश्व
“मिसन मधेश” फिल्मको प्रोमोशनमा मैथिली भोजपुरी सांस्कृतिक कार्यक्रम हुने
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
१०औं राष्ट्रिय परिवार नियोजन दिवसमा अन्तरक्रिया 
१०औं राष्ट्रिय परिवार नियोजन दिवसमा अन्तरक्रिया 
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न  सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न  सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ मतदाता
सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ मतदाता
हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
हिन्दु धर्मको आस्थाप्रति चोट पु¥याएको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईको पुतला दहन
हिन्दु धर्मको आस्थाप्रति चोट पु¥याएको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईको पुतला दहन
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप
प्रधानमन्त्री बन्न कै लागि ओलीले  एकता गरेको पोखरेलको आरोप