दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
सप्तरी जिल्लामा बुधबारदेखी एचपीभी खोप अभियान संचालन हुँदैछ । पाठेघरको मुखको क्यान्सर बिरुद्ध उक्त खोप अभियान मुलुकभर मंगलबारदेखी संचालन भएपनि सप्तरीमा मंगलबार सरस्वती पुजाको मूर्ती सेलाउन दिन विद्यालयहरु बन्द रहेका कारण बुधबारदेखी संचालन हुन गइरहेको हो ।
जिल्लामा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुह र विद्यालयमा कक्षा ६ देखी १० सम्म अध्ययनरत ३६ हजार ७ सय १ जना किशोरीलाई लक्षित गरि उक्त अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जानकारी दिएका छन् ।
प्रमुख झाले एचपीभी खोप अभियान पहिलो चरण माघ २३ देखी ३० सम्म जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका, सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका तथा रुपनी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका र बलान विहुल गाउँपालिका संचालन हुने बताए ।
यस्तै दोश्रो चरण फागुन १ गतेबाट राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका, अग्नीसाईर कृष्णासवरण गाउँपालिका र विष्णुपुृर गाउँपालिकामा संचालन हुने प्रमुख झाले जानकारी दिए ।
जनस्वास्थ्य अधिकृत जागेश्वर खडकाले जिल्लामा एचपीभी खोप अभियान संचालनका लागी ४ सय ५० खोप केन्द्र कायम गरिएको र यसमा १ हजार भन्दा बढी स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनका प्रतिनीधी एवं खोप अधिकृत सरला न्यौपानेले पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक चार महिलाको मृत्यु हुने गरेको बताउँदै मृत्युदर घटाउन र महिलालाई पाठेघरको मुखको क्यान्सर रोगबाट जोगाउन अहिले नेपालमा एचपीभी खोप अभियान चलाइएको बताइन ।
नेपालमा क्यान्सरको कारणबाट महिलाहरुको मृत्यु हुनुमा पाठेघरको मुखको क्यान्सर नै पहिलो कारण देखिएको भन्दै उनले अभियान सफल बनाउन सबैसँग आग्रह समेत गरेकी छिन ।
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
सारांश
- जिल्लामा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुह र विद्यालयमा कक्षा ६ देखी १० सम्म अध्ययनरत ३६ हजार ७ सय १ जना किशोरीलाई लक्षित गरि उक्त अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जानकारी दिएका छन् ।
- प्रमुख झाले एचपीभी खोप अभियान पहिलो चरण माघ २३ देखी ३० सम्म जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका, सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका तथा रुपनी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका र बलान विहुल गाउँपालिका संचालन हुने बताए ।
- यस्तै दोश्रो चरण फागुन १ गतेबाट राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका, अग्नीसाईर कृष्णासवरण गाउँपालिका र विष्णुपुृर गाउँपालिकामा संचालन हुने प्रमुख झाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
प्रतिक्रिया
० प्रतिक्रिया