दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
जनता समाजवादी पार्टी निकट राष्ट्रिय विद्यार्थी संघले विद्यार्थी युनियनको समायोजन प्रक्रिया अगाडी बढीरहदा एकता प्रक्रियामा पूर्व विद्यार्थी संघको अध्यक्ष मण्डलमा कुनै सरसल्लाह तथा परामर्श नगरि राष्ट्रिय विद्यार्थी संघको नाउँमा गर्न लागेको कार्यक्रम आधिकारीक कार्यक्रम नरहेको जनाएको छ ।
राष्ट्रिय विद्यार्थी संघका केन्द्रिय अध्यक्षहरु किशोर कुमार यादव, ज्ञानकुमार झा, लालबाबु साह, चिरञ्जीवी यादव र सहअध्यक्ष नरेन्द्र यादवद्वारा शुक्रबार प्रति संयुक्त विज्ञप्तिमा सो कुरा जनाइएको छ ।
जारि विज्ञप्तिमा पूर्व समाजवादी पार्टी र पूर्व राजपा नेपाल आवद्ध भातृ संगठन समाजवादी विद्यार्थी युनियन तथा राष्ट्रिय विद्यार्थी संघको समायोजन प्रक्रिया अगाडी बढीरहेको बेला फागुन १२ र १३ गते हुन लागेको कार्यक्रममा आफूहरुको सरसल्लाह नलिई एउटा गुटको कार्यक्रम हुनगइरहेको आरोप लगाइएको छ ।
सोही विज्ञप्तिमा केन्द्रिय समितिका पदाधिकारी, जिल्ला कार्यसमितिका पदाधिकारीहरु समेतलाई विज्ञप्तिमार्फत जानकारी गराउँदै बिरोधी गुटहरुप्रति सजग रहन नेतृत्व पंक्तिको ध्यान आकृष्ट गराइएको छ ।
राष्ट्रिय विद्यार्थी संघको अध्यक्ष मण्डल तथा केन्द्रिय पदाधिकारीहरुको बैठक फागुन १० गते प्रदेश २ को राजधानी जनकपुरधाममा बसेर समायोजन प्रक्रिया तथा संगठनको आगामी कार्यदिशा बारेमा निर्णय लिने विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
साथै विज्ञप्तिमार्फत भ्रामक प्रचार तथा प्रेस विज्ञप्तिको पछाडी नलाग्न सबै सरोकारवाला तथा सम्बन्धीत निकायहरुमा आग्रह समेत गरिएको छ ।
भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह
सारांश
- राष्ट्रिय विद्यार्थी संघका केन्द्रिय अध्यक्षहरु किशोर कुमार यादव, ज्ञानकुमार झा, लालबाबु साह, चिरञ्जीवी यादव र सहअध्यक्ष नरेन्द्र यादवद्वारा शुक्रबार प्रति संयुक्त विज्ञप्तिमा सो कुरा जनाइएको छ ।
- जारि विज्ञप्तिमा पूर्व समाजवादी पार्टी र पूर्व राजपा नेपाल आवद्ध भातृ संगठन समाजवादी विद्यार्थी युनियन तथा राष्ट्रिय विद्यार्थी संघको समायोजन प्रक्रिया अगाडी बढीरहेको बेला फागुन १२ र १३ गते हुन लागेको कार्यक्रममा आफूहरुको सरसल्लाह नलिई एउटा गुटको कार्यक्रम हुनगइरहेको आरोप लगाइएको छ ।
- सोही विज्ञप्तिमा केन्द्रिय समितिका पदाधिकारी, जिल्ला कार्यसमितिका पदाधिकारीहरु समेतलाई विज्ञप्तिमार्फत जानकारी गराउँदै बिरोधी गुटहरुप्रति सजग रहन नेतृत्व पंक्तिको ध्यान आकृष्ट गराइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया