दैनिक समाचारदाता
राजविराज, ६ भदौं ।
भाईबहिनीको प्रेमका प्रतिक पर्व रक्षाबन्धन आइतबार मनाइएको छ । सप्तरीको ग्रामिण तथा शहरी क्षेत्रमा दिदी बहिनीले विभिन्न पवित्र धागोले बनेको रंगीचंगी राखीहरु थालमा सजाएर आ– आफ्ना दाजु भाईको हातमा बाँधेर मिष्ठान भोजन खुवाउदै दाजु भाईको दिर्घायुको कामनासहित रक्षाबन्धन पर्व मनाएका हुन् ।
कोरोनाको जोखिमका कारण भारतीय सिमासंग जोडिएका नाकाहरु बन्द रहेका कारण भारतमा रहेका दाजु भाई र दिदी बहिनीलाई भने आफन्त काहा पुग्न निकै समस्या भोग्नु परेको छ ।
पर्व मनाउन भारतीय सिमाबाट नेपाल सिमा सम्म पैदलै हिडेर आएका उनीहरु निकै कष्टका साथ गनतब्य सम्म पुग्नु पर्ने बाध्यता रहेको गुनासो गर्दै नाका खुलाउन माग पनि गरेको देखिन्थे ।
राखी बाँधे पछि भाईबहिनीको प्रेम सम्बन्ध अझ बढ्ने धार्मीक विश्वासका साथ यो पर्व मनाईन्छ । भाईबहिनी विच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाउने यो पर्व मिथिलाअञ्चल क्षेत्रको साँस्कृतिक पर्व मानिन्छ ।
यता राजविराजको हटियास्थित राधाकृष्ण मन्दिर क्षेत्रमा राखीको पाच दर्जन भन्दा बढी पसलहरु खोलिएका छन् । मिठाई पसलमा पनि भिड उत्तिकै लागेको थियो ।
भाईबहिनीको प्रेमका प्रतिक पर्व रक्षाबन्धन मनाइयो
सारांश
- कोरोनाको जोखिमका कारण भारतीय सिमासंग जोडिएका नाकाहरु बन्द रहेका कारण भारतमा रहेका दाजु भाई र दिदी बहिनीलाई भने आफन्त काहा पुग्न निकै समस्या भोग्नु परेको छ ।
- पर्व मनाउन भारतीय सिमाबाट नेपाल सिमा सम्म पैदलै हिडेर आएका उनीहरु निकै कष्टका साथ गनतब्य सम्म पुग्नु पर्ने बाध्यता रहेको गुनासो गर्दै नाका खुलाउन माग पनि गरेको देखिन्थे ।
- राखी बाँधे पछि भाईबहिनीको प्रेम सम्बन्ध अझ बढ्ने धार्मीक विश्वासका साथ यो पर्व मनाईन्छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया