धार्मिक कार्यक्रम स्थल तथा भवन  निर्माणका लागि सहयोग जुटाउन महायज्ञ

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ३०, २०८०
|
|
१७ पटक हेरिएको
Shares
धार्मिक कार्यक्रम स्थल तथा भवन  निर्माणका लागि सहयोग जुटाउन महायज्ञ

सारांश

  •     भागवत कथा ज्ञान महायज्ञ समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि गति, मुक्ती, विश्वशान्ति, भक्ती तथा मानव कल्याणका साथै नादानुसन्धान सामुदायिक भवन निर्माणका लागी आर्थिक श्रोत जुटाउन महायज्ञ गर्न लागिएको जानकारी दिएको छ ।
  •       कथाकार एवं प्रवचनकर्ता स्वामी मुरली धरानन्द दासले विश्वशान्ति, मानव कल्याणको कामना सहित नादानुसन्धान सामुदायिक भवन (धार्मिक कार्यक्रम स्थल तथा भवन) निर्माणका लागी आर्थिक श्रोत जुटाउन महायज्ञ गर्न लागिएको बताए ।
  •       चैत ९ गतेसम्म चल्ने उक्त महायज्ञमा नेपाल तथा भारतका विभिन्न विद्वान, साधु सन्त तथा हज्जारौको संख्यामा भक्तजनको सहभागिता रहने उनले जनाए ।

दैनिक समाचारदाता
राजविराज, ३० फागुन । 

    सप्तरीको कंचनरुप नगरपालिका ३ बरमझियामा चैत्र १ गते देखि नादमय वेदमय श्रीभागवत महापुराण ज्ञान महायज्ञ हुने भएको छ । 
    भागवत कथा ज्ञान महायज्ञ समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि गति, मुक्ती, विश्वशान्ति, भक्ती तथा मानव कल्याणका साथै नादानुसन्धान सामुदायिक भवन निर्माणका लागी आर्थिक श्रोत जुटाउन महायज्ञ गर्न लागिएको जानकारी दिएको छ ।  
    कथाकार एवं प्रवचनकर्ता स्वामी मुरली धरानन्द दासले विश्वशान्ति, मानव कल्याणको कामना सहित नादानुसन्धान सामुदायिक भवन (धार्मिक कार्यक्रम स्थल तथा भवन) निर्माणका लागी आर्थिक श्रोत जुटाउन महायज्ञ गर्न लागिएको बताए । 
    चैत ९ गतेसम्म चल्ने उक्त महायज्ञमा नेपाल तथा भारतका विभिन्न विद्वान, साधु सन्त तथा हज्जारौको संख्यामा भक्तजनको सहभागिता रहने उनले जनाए । महायज्ञमा नादाचार्य, वेदान्तीर्थ स्वामी मुरली धरानन्दका साथै भारतका चर्चित सनातन धर्मगूरु एवं धर्म प्रचारक अमर बहादुर तिवारीको मुखार विन्दबाट स–रहस्य मधुमय भागवत कथा वाचन हुने आयोजक समितिले जानकारी दिएको छ । 
    महायज्ञ उद्घाटनका दिन हजारौको सहभागितामा कलशयात्रा निकालिने छ । यस्तै चैत्र २ गते देखी चैत्र ८ गते सम्म भागवत कथा वाचन र सदगुरु कविर लिला तथा चैत्र ९ गते सन्त सम्मेलन, कृष्णलिला र ब्रहमालीन महन्त प्रकाशमणी साहेवको ३३ औं निर्वाण महोत्वस गरी महायज्ञ सम्पन्न हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?