निर्वाचनलाई स्वच्छ, मर्यादित र विवादरहित बनाउन आयोगद्वारा सुझाव र सल्लाह संकलन

राजविराज राजविराज
|
बुधबार, मंसिर १९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
निर्वाचनलाई स्वच्छ, मर्यादित र विवादरहित बनाउन आयोगद्वारा सुझाव र सल्लाह संकलन

सारांश

  •     निर्वाचन आयोगद्वारा राजविराजमा बुधबार आयोजित “निर्वाचन विवाद निरुपण कार्य विधि तर्जुमा परामर्श कार्यशाला” मार्फत सो कुरा बताएका हुन् ।
  •       सुरक्षा निकायका प्रमुख, निर्वाचनका बेला खटिएका अधिकारी, निर्वाचन पर्यवेक्षक, राजनीतिक दलका प्रतिनिधि, अधिकारकर्मी, संचारकर्मी लगायतका सरोकारवालाहरुलाई सहभागी रहेको सो दुई दिने कार्यशालामा प्रमुख आयुक्त डा.
  • यादवले निर्वाचनका बेला उत्पन्न हुने द्वन्द र विवाद न्युनिकरण गर्नुका साथै विवाद सामाधानका क्रममा निर्वाचन अधिकारीहरुद्वारा अपनाईने विधि र तरिकामा एक रुपता ल्याउने उद्देश्यले उचित सुझाव र सल्लाह प्राप्त हुने विश्वास व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
    प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले आगामी दिनमा हुने निर्वाचनलाई स्वच्छ, मर्यादित र विवाद रहित बनाउन अहिलेदेखि नै तयारी र अभ्यासको रुपमा ठाउँठाउँमा पुगी कार्यशाला मार्फत आयोगले सुझाव र सल्लाह संकलनमा लागेको बताएका छन् । 
    निर्वाचन आयोगद्वारा राजविराजमा बुधबार आयोजित “निर्वाचन विवाद निरुपण कार्य विधि तर्जुमा परामर्श कार्यशाला” मार्फत सो कुरा बताएका हुन् । 
    सुरक्षा निकायका प्रमुख, निर्वाचनका बेला खटिएका अधिकारी, निर्वाचन पर्यवेक्षक, राजनीतिक दलका प्रतिनिधि, अधिकारकर्मी, संचारकर्मी लगायतका सरोकारवालाहरुलाई सहभागी रहेको सो दुई दिने कार्यशालामा प्रमुख आयुक्त डा. यादवले निर्वाचनका बेला उत्पन्न हुने द्वन्द र विवाद न्युनिकरण गर्नुका साथै विवाद सामाधानका क्रममा निर्वाचन अधिकारीहरुद्वारा अपनाईने विधि र तरिकामा एक रुपता ल्याउने उद्देश्यले उचित सुझाव र सल्लाह प्राप्त हुने विश्वास व्यक्त गरे । 
    उनले अव हुने निर्वाचनलाई कसरी थप स्वच्छ, मर्यादित र विवाद रहित बनाउन सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिएको दुई दिने कार्यशालाबाट महत्वपूर्ण सुझाव प्राप्त हुने अपेक्षा राखेको जिकिर गर्दै निर्वाचन कानून बनाउन र परिमार्जन गर्न समेत कार्यशालाबाट ठुलो मदत पुग्ने विश्वास व्यक्त गरे । 
    अनावश्यक खर्च खटाउन मतदान केन्द्रहरुमै मतगणना र ज्येष्ठ नागरिक तथा शारिरीक रुपमा असक्तहरुका लागी अनलाईन भोटिङ्गको व्यवस्थाका लागी समेत आयोगले स्वच्छ बनाउन अघि बढेको उनले जानकारी दिए । 
    मुख्य न्यायाधिश तिल प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा निर्वाचन आयोगका सचिव डेकेन्द्र राजशर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, जिल्ला निर्वाचन अधिकारी दिलिप कुमार यादव लगायतले निर्वाचनका बेला उत्पन्न हुने विवादहरु निरुपण गर्दा अपनाउनु पर्ने विधिबारे आ–आफनो सुझाव राखेका थिए । 
    दुई दिन सम्म चल्ने कार्यशालामा विभिन्न समुह बनाई छलफल चलाईएको र त्यसबाट प्राप्त सझुाव संकलन गरी प्रतिवेदन सहित आयोगलाई बुझाईने तय भएको जिल्ला निर्वाचन अधिकारी यादवले बताए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन
कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन
बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सामुदायिक विकास र सप्तरीका गैरसरकारी संस्थाको क्षमता अभिवृद्धि
गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग 
गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग 
बबिता र मनोजबीचको अन्तरजातिय प्रेम विवाहले लियो नयाँ मोड, जन्मदर्ताका अनुसार बबिताको उमेर १३ वर्ष 
बबिता र मनोजबीचको अन्तरजातिय प्रेम विवाहले लियो नयाँ मोड, जन्मदर्ताका अनुसार बबिताको उमेर १३ वर्ष 
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन 
निवर्तमान मेयर पुरानै पार्टीमै फर्किए उनीसँगै चारसय जना लोसपामा प्रवेश
निवर्तमान मेयर पुरानै पार्टीमै फर्किए उनीसँगै चारसय जना लोसपामा प्रवेश

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह