मिटरब्याजी साह बिरुद्ध पीडितहरुद्वारा उजुरी

राजविराज राजविराज
|
सोमबार, भाद्र १८, २०८०
|
|
४८ पटक हेरिएको
Shares
मिटरब्याजी साह बिरुद्ध पीडितहरुद्वारा उजुरी

सारांश

  •     सप्तरीको खडक नगरपालिकाबाट आएका दुई दर्जन मिटरब्याजी पीडितहरुले सोही नगरपालिका १० की मिटरब्याजी फुलकुमारी साह बिरुद्ध प्रमुख जिल्ला अधिकारीलाई उजुरीपत्र बुझाएका हुन् ।
  •       प्रदेश सांसद माला कर्ण, नेकपा एकीकृत समाजवादीका केन्द्रिय परिषद् सदस्य शत्रुहनप्रसाद आजादको अगुवाईमा २४ जना मिटरब्याजी पीडितहरुद्वारा हस्ताक्षरित उजुरी पत्रमा घर, जग्गा र सुनचाँदी बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने ५५ वर्षिया साहलाई अविलम्ब पक्राउ गरि पीडितलाई न्याय दिलाउन माग गरिएको छ ।
  •       साहको चर्को मिटरब्याजबाट पीडित ३० वर्षिया ललितादेवी साहले ब्याज र ऋण असुलीको नाममा आफूहरुको उठीवास गराउन लाग्दा तनावमा आएका श्रीमान् दिरिपलाल साहले २० दिनअघि आत्महत्या गरेको बताइन् ।

दैनिक समाचारदाता
राजविराज, १८ भदौं ।

    फरार रहेकी एक मिटरबयाजीलाई पक्राउ गर्न माग गर्दै सोमबार पीडितहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका छन् । 
    सप्तरीको खडक नगरपालिकाबाट आएका दुई दर्जन मिटरब्याजी पीडितहरुले सोही नगरपालिका १० की मिटरब्याजी फुलकुमारी साह बिरुद्ध प्रमुख जिल्ला अधिकारीलाई उजुरीपत्र बुझाएका हुन् । 
    प्रदेश सांसद माला कर्ण, नेकपा एकीकृत समाजवादीका केन्द्रिय परिषद् सदस्य शत्रुहनप्रसाद आजादको अगुवाईमा २४ जना मिटरब्याजी पीडितहरुद्वारा हस्ताक्षरित उजुरी पत्रमा घर, जग्गा र सुनचाँदी बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने ५५ वर्षिया साहलाई अविलम्ब पक्राउ गरि पीडितलाई न्याय दिलाउन माग गरिएको छ । 
    साहको चर्को मिटरब्याजबाट पीडित ३० वर्षिया ललितादेवी साहले ब्याज र ऋण असुलीको नाममा आफूहरुको उठीवास गराउन लाग्दा तनावमा आएका श्रीमान् दिरिपलाल साहले २० दिनअघि आत्महत्या गरेको बताइन् । उनले सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सहायता कक्षमा समेत उजुरी दिएको एक महिना बितिसक्दा पनि मिटरब्याजी साहलाई प्रहरीले पक्राउ गर्न नसकेको गुनासो पोखिन । 
    मिटरब्याजीबाट पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमाथी सुनुवाईमा ढिलो हुँदा पीडितहरु थप पीडामा परेको प्रदेशसभा सदस्य कर्णको भनाई छ । मिटरब्याजी साहले ऋण दिँदा मनपरी ब्याज असुल्ने र घरघडेरी कब्जा गर्दा गरिबको उठिवास भएकाले साथ दिन आएको उनले बताइन् ।
    उजुरी बुझ्दै प्रमुख जिल्ला अधिकारी किरण थापाले पीडितलाई न्याय दिलाउन आफूले तत्कालै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । साहमाथी जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय ब्यक्तिले लिएको ऋणको ब्याज र साँवा चुक्ता गरिसकेपनि धितो फिर्ता नगरेको आरोप छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश
घरधुरी सर्वेक्षणले विपद्बारे बदलियो मोहनको बुझाइ
घरधुरी सर्वेक्षणले विपद्बारे बदलियो मोहनको बुझाइ
निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षसहित दुई जना कारागार चलान
डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षसहित दुई जना कारागार चलान
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु
मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु
बिडी पिउन नदिएपछि मागन्तेको हत्या
बिडी पिउन नदिएपछि मागन्तेको हत्या

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?