प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा न्याय क्षेत्र समन्वय समितिमा मनोनित

राजविराज राजविराज
|
मंगलबार, माघ १६, २०८०
|
|
१८ पटक हेरिएको
Shares
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा न्याय क्षेत्र समन्वय समितिमा मनोनित

सारांश

  •     राजविराज ७ निवासी ६५ वर्षिय झा सप्तरी पत्रकार महासंघका पूर्व सभापती समेत हुन् ।
  • निमित्त रजिष्टार फनिन्द्र भट्टराईका अनुसार मुख्य न्यायधिश बामदेव ज्ञावलीद्वारा मंगलवार झालाई उक्त पदमा मनोनयन गरिएको हो ।
  •       अदालत र मातहतका न्यायिक निकायहरुको काम कारवाही सुव्यवस्थित ढंगले संचालन गराउन, न्यायपालिकाको रणनीति योजना, फैसला र आदेशको कार्यान्वयनलाई प्रभावकारीता दिन र नागरिक समाज समेतको सहभागिता र समन्वय गर्न उच्च अदालत नियमावली २०७३ को नियम १६६ बमोजिम झा लाई मनोनयन गरिएको अदालतले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १६ माघ ।

    उच्च अदालत जनकपुर–राजविराज इजलासले न्याय क्षेत्र समन्वय समितिको सदस्यमा नागरिक समाजको तर्फबाट प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झालाई मनोनयन गरेको छ । 
    राजविराज ७ निवासी ६५ वर्षिय झा सप्तरी पत्रकार महासंघका पूर्व सभापती समेत हुन् । निमित्त रजिष्टार फनिन्द्र भट्टराईका अनुसार मुख्य न्यायधिश बामदेव ज्ञावलीद्वारा मंगलवार झालाई उक्त पदमा मनोनयन गरिएको हो । 
    अदालत र मातहतका न्यायिक निकायहरुको काम कारवाही सुव्यवस्थित ढंगले संचालन गराउन, न्यायपालिकाको रणनीति योजना, फैसला र आदेशको कार्यान्वयनलाई प्रभावकारीता दिन र नागरिक समाज समेतको सहभागिता र समन्वय गर्न उच्च अदालत नियमावली २०७३ को नियम १६६ बमोजिम झा लाई मनोनयन गरिएको अदालतले जनाएको छ ।
    गोरखा दक्षिणबाहु चौथो, जनसेवाश्री पदक पाँचौं, प्रकाश मानव अधिकार स्मृति पुरस्कार २०७१ त्था गोपाल गोतामे स्वर्ण पदक जस्ता मानपदवीबाट सम्मानित झाको मनोनयनले प्रभावकारी न्याय सम्पादनमा थप मद्दत पूग्ने विश्वास गरिएको छ । 
    दुई वर्षे कार्यकाल रहने समितिको अध्यक्षमा मुख्य न्ययाधिश तथा सदस्यहरुमा सम्बन्धित जिल्लाका प्रशासन प्रमुख, सरकारी वकिल कार्यालय प्रमुख, प्रहरी प्रमुख, बार एशोसिएसनका अध्यक्ष तथा नागरिक समाजका प्रतिनिधी रहने व्यवस्था छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?