जनताको दवाबपछि राति अबेरसम्म सडक मर्मत

राजविराज राजविराज
|
सोमबार, आश्विन ६, २०८२
|
|
२० पटक हेरिएको
Shares
जनताको दवाबपछि राति अबेरसम्म सडक मर्मत

सारांश

  •     दशैंको सुरुवात सँगै बाटो हिलाम्य भएपछि जनताको माग अनुसार पालिकाले ग्राभेल हाल्ने काम सुरु गरेको गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए ।
  •     आईतबार राति अवेरसम्म वडा नं.
  • ३ स्थित कटैयाको कृषि सडक अध्यक्ष यादवको उपस्थितीमा मर्मत गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ असोज ।

    सप्तरीको रुपनी गाँउपालिकाले रातिको समयमा पनि बाटो मर्मत गर्न थालेको छ । केही दिन अघिसम्म निरन्तर परेको पानीले गाउँपालिकाका विभिन्न वडाका बाटोमा हिलो जम्ने समस्या देखिएपछि रातिको समयमा पनि बाटो मर्मतको काम थालिएको हो ।
    दशैंको सुरुवात सँगै बाटो हिलाम्य भएपछि जनताको माग अनुसार पालिकाले ग्राभेल हाल्ने काम सुरु गरेको गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए ।
    आईतबार राति अवेरसम्म वडा नं. ३ स्थित कटैयाको कृषि सडक अध्यक्ष यादवको उपस्थितीमा मर्मत गरिएको छ । केही ठाउँमा अझै काम अधुरा रहेकाले त्यसलाई पुरा गर्न आफु सक्रियताका साथ लागेको अध्यक्ष यादवले बताए ।
    बाटोमा हिलैहिलो भएपछि सडकमा आवत जावत गर्न सर्वसाधारणलाई सममस्या हुँदै आएको थियो । त्यहाँका जनताले दवाव दिंदा सोमबार राति सडक मर्मत गरिएको नेपाली काँग्रेस रुपनी गाउँपालिकाका सचिव ज्ञानेन्द्र ईसरले बताए ।
    उनले रातिको समयमा पनि गाउँपालिकाका अध्यक्ष आफै उपस्थित भई काम अगाडि बढाएको देखेर स्थानीयवासीले पनि खुसी व्यक्त गरेको प्रतिक्रिया दिएका छन् । पालिकाले सडक बनाइ दिएपछि स्थानीय राजनीतिक कार्यकर्ता र सर्वसाधारण जनताले अध्यक्ष यादवप्रति धन्यवाद समेत दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्निपीडितलाई जस्तापाता र टेबल पंखा वितरण
अग्निपीडितलाई जस्तापाता र टेबल पंखा वितरण
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव
मधेश प्रदेश मुलुककै पहिलो पहिचानमा  आधारित प्रदेश ः मन्त्री साह
मधेश प्रदेश मुलुककै पहिलो पहिचानमा  आधारित प्रदेश ः मन्त्री साह
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा    
कृषि विश्वविद्यालयको समस्या समाधान नगरिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी
कृषि विश्वविद्यालयको समस्या समाधान नगरिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी
राजविराज नगर प्रमुखका लागि दुई दर्जन दौडमा    
राजविराज नगर प्रमुखका लागि दुई दर्जन दौडमा    
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी
सासु भत्ता हिनामिना गरेका वडाअध्यक्ष रहमान जेल चलान
सासु भत्ता हिनामिना गरेका वडाअध्यक्ष रहमान जेल चलान
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ