दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सप्तरीका अध्यक्ष र उपाध्यक्षले राजीनामा दिएका छन् ।
युवा संघका अध्यक्ष चितरञ्जन यादवले मगलबार राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय समितीलाई राजीनामा पठाएका हुन् ।
यसअघि सोमबार मात्र जिल्ला उपाध्यक्ष रंजित भगतले पनि राजीनामा दिएका थिए । उनीसागै केही नेताले संघको नेतृत्व वर्गको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै पदबाट राजीनामा दिएका हुन् ।
दुबै जनाले राजीनामा पछि जारी गरेको छुट्टाछुट्टै प्रेस विज्ञप्तीमा केही नेता र संघको केन्द्रिय नेतृत्वले कार्यकर्ताको उचित मुल्याङ्कन नगरेको र संघलाई स्वेच्छाचारी ढंगले चलाएको आरोप लगाएका छन् ।
लामो समयदेखि संगठन भित्र मौलाउँदै गएको स्वेच्छाचारीता, अराजकता र विकृती विरुद्ध पटक÷पटक आवाज उठाउँदा पनि कुनै सुनवाई नभएको र संगठनलाई नेताहरुले आफ्नो ब्यक्तिगत अभिष्ट पुरा गर्न पार्टी नेतृत्व संग बार्गेनिङ टुल्सका रुपमा मात्रै प्रयोग गर्ने थलो बनाएको उपाध्यक्ष भगत र अध्यक्ष यादवले पठाएको राजीनामा पत्रमा उल्लेख छ ।
नेकपा एमालेको जनवर्गिय संगठनको रुपमा रहेको राष्ट्रिय युवा संघका केन्द्रिय नेतृत्वकर्ताहरुले आम कार्यकर्ताको नेतृत्व क्षमतालाई बन्ध्याकरण गराउने काम गरेको तथा नातावाद र कृपावादलाई प्राथमिक्ता दिई संगठनलाई कमजोर पार्दै लगेको आरोप लगाउँदै राजीनामा पत्रमा आफुहरु यस्तो अवस्थामा काम गर्न नसकिने भएकाले राजीनामा दिन बाध्य भएको उल्लेख छ ।
उनीहरुले नेतृत्व पंक्तिको कार्यशैलीको विरोधमा संघको जिल्ला कार्य समितीका केही अन्य पदाधीकारीहरु समेत राजीनामा दिने तयारीमा रहेको जनाएका छन् ।
एमाले निकट युवा संघका अध्यक्ष र उपाध्यक्षले दिए राजीनामा
सारांश
- युवा संघका अध्यक्ष चितरञ्जन यादवले मगलबार राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय समितीलाई राजीनामा पठाएका हुन् ।
- यसअघि सोमबार मात्र जिल्ला उपाध्यक्ष रंजित भगतले पनि राजीनामा दिएका थिए ।
- उनीसागै केही नेताले संघको नेतृत्व वर्गको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै पदबाट राजीनामा दिएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया