जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती

राजविराज राजविराज
|
बुधबार, आश्विन ८, २०८२
|
|
२३ पटक हेरिएको
Shares
जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती

सारांश

  •     गत भदौ २४ गतेको भएको आन्दोेलनका क्रममा जिल्लास्थित पालिका र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट ७५ करोड ४५ लाख २ हजार ८३ रुपैया बराबरको कुल क्षती भएको प्रहरी तथ्यांकले देखाएको हो ।
  •       तोडफोड आगजनीबाट जिल्ला भरका सरकारी कार्यालयका १ सय १३ वटा चार पाँग्रे र १ सय ११ वटा मोटरसाईकल समेत पुर्णरुपमा नष्ट भएको सप्तरी प्रहरीले तयार पारेको क्षतीग्रस्त संरचनाको सँख्यात्मक लगत विवरणमा देखिएको छ ।
  •       आन्दोलकारीले गरेको तोडफोड र आगजनीबाट सर्वाधिक क्षती राजविराज नगरपालिका कार्यालयलाई पुगेको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ असोज ।

    जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको घट्नामा सप्तरीको विभिन्न पालिका र सरकारी कार्यालयमा गरी ७५ करोड भन्दा बढीको क्षती भएको छ ।
    गत भदौ २४ गतेको भएको आन्दोेलनका क्रममा जिल्लास्थित पालिका र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट ७५ करोड ४५ लाख २ हजार ८३ रुपैया बराबरको कुल क्षती भएको प्रहरी तथ्यांकले देखाएको हो । 
    तोडफोड आगजनीबाट जिल्ला भरका सरकारी कार्यालयका १ सय १३ वटा चार पाँग्रे र १ सय ११ वटा मोटरसाईकल समेत पुर्णरुपमा नष्ट भएको सप्तरी प्रहरीले तयार पारेको क्षतीग्रस्त संरचनाको सँख्यात्मक लगत विवरणमा देखिएको छ । 
    आन्दोलकारीले गरेको तोडफोड र आगजनीबाट सर्वाधिक क्षती राजविराज नगरपालिका कार्यालयलाई पुगेको छ । यस कार्यालयमा ३० करोड बराबरको क्षती भएको प्रहरीले खडा गरेको लगत विवरणले देखाएको छ । 
    सप्तरी जिल्ला अदालत राजविराजमा ७ करोड ५५ लाख, उच्च अदालत जनकपुृर–राजविराज इजलाशमा ६ करोड ५० लाख, भौतिक पुर्वाधार विकास कार्यालयमा ४ करोड २५ लाख, संघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयमा २ करोड ४३ लाख ७५ हजार, शहरी विकास कार्यालयमा २ करोड १५ लाख, उच्च सरकारी वकिल कार्यालयमा २ करोड ७ लाख ८ सय ४० तथा जिल्ला निर्वाचन कार्यालयमा १ करोड ४७ हजार ४ सय ९९ रुपैयाको क्षती भएको छ । 
    यस्तै नापी कार्यालयमा १ करोड ४५ लाख ११ हजार, डिभिजन बन कार्यालयमा १ करोड ७१ लाख ८१ हजार ९ सय ४०, माटो तथा मल परिक्षण प्रयोगशाला कार्यालयमा १ करोड २१ लाख ४९ हजार ७ सय २३, बोदेबर्साइन नगरपालिका कार्यालयमा ९० लाख, करदाता सेवा कार्यालय राजविराजमा ७ लाख, यातायात व्यवस्था कार्यालयमा ७० लाख, जिल्ला सरकारी वकिल कार्यलयमा ६१ लाख २५ हजार, जिल्ला समन्वय समितीमा ५० लाख, खडक नगरपालिका कार्यालयमा ६८ लाख ८३ हजार ५ सय, सप्तरी कारागार कार्यालयमा ४० लाख र जिल्ला हुलाक कार्यालयमा ३८ लाख ३१ हजार २० रुपैया बराबरको सम्पती नष्ट भएको छ । 
    यसैगरि राजविराज नगरपालिकाको ६ नम्बर वडा कार्यालयमा ४० लाख, ट्राफिक कार्यालयमा १८ लाख, अग्नीसाईर कृष्णासबरण गाउँपािलका कार्यालयमा १७ लाख, राजविराज नगरपालिका वडा नं. ४ कार्यालयमा २८ लाख, महदेवा गाउँपालिका वडा नं. ४ कार्यालयमा २५ लाख, बोदेवर्साइन नगरपालिकाको वडा नं. ५ को कार्यालय, हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नं. १ को कार्यालय, बोदेबर्साइन नगरपलिाकाको १० नम्बर वडा कार्यालय र कंचनरुप नगरपालिकाको कार्यालयमा १५÷१५ लाख बराबरको क्षती भएको मुल्याँकन गरिएको छ ।
    बलानविहुल गाउँपालिकाको कार्यलयमा ११ लाख, इलाका प्रहरी कार्यालय बोदेबसाईनमा १२ लाख, जिल्ला समन्वय तथा सुचना प्रहरी युनिटमा १५ लाख, राजगढ गाउँपालिका कार्यालयमा १० लाख ५३ हजार, विष्णुपुर गाउँपालिका कार्यालयमा १० लाख, भुमि समस्या समाधान आयोग कार्यालयमा ९ लाख ९५ हजार १ सय, इलाका प्रशासन कार्यालय बोदेवसाईनमा १० लाख, सूरुंगा नगरपालिका कार्यालयमा ९ लाख र डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० को कार्यालयमा ८ लाख बराबरको क्षती भएको छ । 
    बोदेवसाईन नगरपालिकाको वडा नम्बर ९ को कार्यालयमा ५ लाख, तिरहुत गाउँपालिका कार्यालयमा ४ लाख, राजविराज नगरपालिका वडा नम्बर ८ को कार्यालयमा ३ लाख ७३ हजार तथा उच्च अदालत सुरक्षा गार्ड कार्यालयमा ३ लाख ५० हजार बराबरको क्षती भएको छ । 
    शम्भुनाथ नगरापालिका कार्यालयमा ३ लाख ९५ हजार, अस्थायी ट्राफिक पोष्ट कदमहामा २ लाख ५० हजार, राजविराज नगरपालिका वडा नम्बर ३ को कार्यालयमा २ लाख ५० हजार बोदेबसाईन नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा २ लाख , तिलाठी कोइलाडी गाउँपािलिकाको कार्यालयमा १ लाख ४४ हजार, अग्नीसाईर कृष्णा सवरण गाउँपालिकाको कार्यालयमा १ लाख ५० हजार र खडक नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा १ लाख १२ हजार मुल्य बराबरको सम्पती नष्ट भएको छ । 
    यस्तै बलानविहुल गाउँपालिकाको कार्यालयमा १ लाख ५५ हजार, इलाका प्रहरी कार्यालय कल्याणपुरमा १ लाख, हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालयमा ५० हजार र प्रहरी चौकी मौवाहामा ३५ हजार मुल्य बराबरको क्षती भएको प्रहरीले खडा गरेको क्षतीग्रस्त संरचनाको लगत विवरणले देखाएको छ । 
    आगजनीले ध्वस्त भएको संरचना पुनःनिर्माण तथा विभिन्न साधन श्रोत जुटाई कतिपय कार्यालयले सेवा सुचारु गरिसकेका छन भने कतिपय कार्यालयले दशै पछि मात्र सहजरुपमा सेवा प्रदान गर्न सकिने जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईक्युवालिटी कपमा सप्तरी बिजयी
ईक्युवालिटी कपमा सप्तरी बिजयी
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
छोरी अभिशाप नभई बरदान हो ः मुख्य मन्त्री राउत
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन
शिक्षक महासंघद्वारा ३४ बुँदे माग राख्दै धर्ना
शिक्षक महासंघद्वारा ३४ बुँदे माग राख्दै धर्ना
छिन्नमस्ता वडा नं. ४  बालविवाह मुक्त वडा घोषणा
छिन्नमस्ता वडा नं. ४  बालविवाह मुक्त वडा घोषणा
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ 
चोरिएको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरिहेका व्यक्ति पक्राउ