अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन

राजविराज राजविराज
|
बुधबार, भाद्र ८, २०७९
|
|
५७ पटक हेरिएको
Shares
अर्थ मन्त्री साहद्वारा विपद् व्यवस्थापन सामग्री भण्डार गृहको उद्घाटन

सारांश

  •     मधेश प्रदेश सरकार, विभिन्न स्थानीय तह र संघ–संस्थाको सहयोगमा निर्माण कार्य सम्पन्न भएपछी उक्त विपद् व्यवस्थापन सामग्री भण्डार गृह भवनको अर्थ मन्त्री साहले उद्घाटन गरे ।
  •     एक कठ्ठा जग्गामा ६९ लाखको लागतमा निर्मित भण्डार गृहमा प्राकृतिक विपद्मा आवश्यक पर्ने सामग्री तथा विभिन्न संघसंस्था लगायतका दातृ संस्थाबाट प्राप्त हुने राहत सामग्री भण्डारण गरिने नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीका सभापती जोगेन्द्र भगतले बताए ।
  •       उक्त भवनको उदघाटन गर्दै अर्थ मन्त्रि साहले रेडक्रस लगायत अन्य सबै सामाजिक संघ संस्थालाई प्रदेश सरकारले यथाशक्य सहयोग दिदै आएको र भविष्यमा समेत सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थालाई सहयोग गर्ने क्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

दैनिक समाचारदाता
राजविराज, ८ भदौ । 

    मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बुधबार राजविराजस्थित नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीको हाता भित्र पाँच कोठे विपद् व्यवस्थापन सामग्री भण्डार गृह भवनको उद्घाटन गरेका छन् । 
    मधेश प्रदेश सरकार, विभिन्न स्थानीय तह र संघ–संस्थाको सहयोगमा निर्माण कार्य सम्पन्न भएपछी उक्त विपद् व्यवस्थापन सामग्री भण्डार गृह भवनको अर्थ मन्त्री साहले उद्घाटन गरे ।
    एक कठ्ठा जग्गामा ६९ लाखको लागतमा निर्मित भण्डार गृहमा प्राकृतिक विपद्मा आवश्यक पर्ने सामग्री तथा विभिन्न संघसंस्था लगायतका दातृ संस्थाबाट प्राप्त हुने राहत सामग्री भण्डारण गरिने नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीका सभापती जोगेन्द्र भगतले बताए । 
    उक्त भवनको उदघाटन गर्दै अर्थ मन्त्रि साहले रेडक्रस लगायत अन्य सबै सामाजिक संघ संस्थालाई प्रदेश सरकारले यथाशक्य सहयोग दिदै आएको र भविष्यमा समेत सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थालाई सहयोग गर्ने क्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । 
    एघार वर्ष अघि १०६८ सालमा नेपाल रेडक्रस सोसाईटीका तत्कालिन केन्द्रिय सभापती संजिव थापाले प्रस्तावित भण्डार गृह भवको शिलान्यास गरेका थिए । तर, आवश्यक रकमको अभावका कारण निर्माण कार्य अधि बढन नसकेपछी एक वर्ष अघि मात्र मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले आफ्नो संसदिय विकास कोषबाट २५ लाख र प्रदेश सभासदस्य मनिष सुमनले ८ लाखको सहयोग उपलब्ध गराएका थिए । यस्तै विष्णुपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी शाखाको अक्षयकोषबाट ५÷५ लाख, कोशी वेसिन कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस केन्द्रीय कार्यालयले ७ लाख, तिरहुत गाउँपालिकाले ४ लाख तथा रेडक्रस सोसाईटी शाखा सप्तरीले १५ लाखको सहयोग उपलब्ध गराएपछी निर्माण कार्य अघि बढेको हो । 
    भवन उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इशरत परविन, शम्भुनाथ नगरपालिकाका प्रमुख जीतेन्द्र गुप्ता, रेडक्रस सोसाइटी उपशाखा राजविराजका सभापती एंव प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा लगायतले प्राकृतिक विपदको सामना गर्नूृ पुर्वतयारी स्वरुप नवनिर्मित भण्डार गृहले ठूलो मदत प¥याउने विश्वास ब्यक्त गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?