दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका मधेश प्रदेशको तेश्रो बालविवाह मुक्त पालिका बनेको छ ।
छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवति मन्दिर अगाडी आईतवार आयोजित एक समारोह बीच पालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।
यसअघि मधेश कै पहिलो र दोश्रो बालविवाह मुक्त पालिका घोषणा हुने पालिका पनि सप्तरीकै सुरुङ्गा र खडक नगरपालिका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दिप प्रज्वलन तथा बालविवाह मुक्त लेखिएको ब्यानर पढेर घोषणा सभाको उद्घाटन गरे ।
उद्घाटन पश्चात् मुख्यमन्त्री सिंहले बालविवाहले निम्त्याउने स्वास्थ्य, पारिवारिक, समाजिक तथा आर्थिक समस्याका बारेमा चर्चा गर्दैै यसलाई रोक्न सबैले आ–आफनो क्षेत्रबाट योगदान गर्नू पर्नेमा जोड दिए । पालिकालाई बालविवाह मुक्त बनाउन सफल भएकोमा छिन्नमस्तावासीलाई बधाई दिदै उनले यसलाई कायम राख्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहेको उल्लेख गरे ।
उनले मधेश प्रदेशलाई नै बालविवाहमुक्त पालिका बनाउने योजना रहेको सुनाउदै बालविवाहले निम्त्याउने स्वास्थ्य, पारिवारीक, समाजिक तथा आर्थिक समस्याका बारेमा चलाइएको सचेतना अभियानलाई प्रभावकारी ढंगले अघि बढाइने जनाए ।
बालविवाह पालिका घोषणा गर्न विगत एक वर्षदेखी सेभ द सप्तरी, सेभ द चिल्ड्रनको सहयोग तथा गाउपालिकाले सबैको साथ लिई बालविवाह मुक्त अभियान संचालन निर्देशीका २०८० बमोजिम गरेको विभिन्न कार्यक्रम अभियान र प्रयास पश्चात १२ बुँंदे स्पष्ट सूचक प्राप्त भएकाले त्यसैका आधारमा यस्तो घोषणा गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको भनाई छ ।
नेपालको कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । त्यसैकारण घोषणा सभाको मुख्य नारा “नै करु वियाह के बात, बियाह करु बीस के बाद” (केटा केटीको उमेर २० वर्ष नपुगे सम्म विहेको कुरा नसोचौ नगरौ) तय गरिएको अध्यक्ष चौधरीले बताए ।
सेभ द सप्तरीका अध्यक्ष धु्रव प्रसाद देवले सो पालिकामा वसोवास गर्दै आएका विभिन्न समुदायका प्रतिनिधी, अगुवा, पुरोहित, मौलाना, मायनजन लगायतले पालिकामा बालविवाह हुन नदिने प्रतिबद्धता समेत जनाएको बताए ।
उनले पालिकामा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा थप २२ करोड लगानी गर्ने योजना बनाइएको समेत जानकारी दिए । अभिभावकले समेत सन्तानको उमेर नपुगी बालविवाह नगर्न÷नगराउने कतै भए सहभागी नभई विरोध र अवरोध गर्ने प्रतिबद्धता जनाएपछि बालविवाह मुक्त पालिका घोषणा गर्न सहज भएको सेभ द सप्तरीका परियोजना संयोजक विष्णुकान्त देवले जनाए ।
घोषणा सभामा पालिका उपाध्यक्ष राजुदेवी यादव, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, सेभ द चिल्ड्रेनका प्रतिनीधी एसबीर थारु मगर, सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणी पौडेल, बडाअध्यक्ष विजय यादव लगायत विभिन्न ब्यक्तित्वहरुले शुभकामना दिएका थिए ।
छिन्नमस्ता मधेश प्रदेशको तेश्रो बालविवाह मुक्त पालिका
सारांश
- छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवति मन्दिर अगाडी आईतवार आयोजित एक समारोह बीच पालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।
- यसअघि मधेश कै पहिलो र दोश्रो बालविवाह मुक्त पालिका घोषणा हुने पालिका पनि सप्तरीकै सुरुङ्गा र खडक नगरपालिका छन् ।
- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दिप प्रज्वलन तथा बालविवाह मुक्त लेखिएको ब्यानर पढेर घोषणा सभाको उद्घाटन गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया