दैनिक समाचारदाता
राजविराज, ३ भदौ ।
पाँच हप्तादेखी वेपत्ता रहेका राजविराज ८ स्थित श्याम बाबा राइस एण्ड आयल मिल प्रा.लि.का मेनेजर उपेन्द्र भगत रौतहटको गौरस्थित एक लजमा मृत अवस्थामा फेला परेका छन् ।
गत असार २५ गते साँझ चिया खाएर आउँछु भनि काम गर्ने कम्पनीबाट निस्केका सप्तरीको खडक नगरपालिका ३ घर भएका ५८ वर्षिय उपेन्द्र कुमार भगत वेपत्ता भएका थिए ।
गौर नगरपालिका वडा नं. ५ मा रहेको नेपाल लजको २०२ नम्बर कोठामा भगतको शव फेला परेको गौर प्रहरीले जनाएको छ । तिन दिनअघि भगत उक्त लजमा बस्न आएका थिए ।
दुई खाटको बिचमा तल भुईमा लडेको तथा मुखबाट रगत आएको अवस्थामा उपेन्द्रको शव २० घण्टा पछि मात्रै लजका कर्मचारीले देखेका थिए । आफु काम विशेषले लजमा नहुदा कर्मचारीहरुलाई लजको जिम्मा छोडेको र सोमबार आफु लजमा आएर ग्राहकहरुको रजिष्टर हेर्दा कर्मचारीलाई २०२ नम्बर कोठामा हेर्न पठाउदा शव देखेपछि प्रहरीलाई खबर गरेको लजका संचालक अमित केशरीले बताए । यसअघि पनि मृतक उपेन्द्र दुई पटक लजमा आएर बसेको संचालक केशरीको भनाई छ ।
मृतकका छोरा विकास कुमार भगतले तीन दिनसम्म कोठाबाट एक पटक पनि ननिस्कदा लजका संचालक र कर्मचारीले कुनै वास्ता नगर्नुले घटनालाई झनै शंकास्पद बनाएको आरोप लगाएका छन् ।
मृतकको शवमा बाहिरी चोटपटक केही नदेखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले बताए । शवलाई पोष्टमार्टमका लागी धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवाल संचालक रहेका उक्त मिलमा भगत विगत २० वर्षदेखि काम गर्दे आएका थिए ।
मिलको म्यानेजरका रुपमा कार्यरत उनी असार २५ गते स.६प. ३६९४ नम्बरको मोटरसाइकल र मोबाइल त्यही छोडेर बेपता भएका थिए । उनको परिवारजनले खोजतलाश गरि दिन असार २६ गते सप्तरी प्रहरीमा निवेदन दिएका थिए ।
पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
सारांश
- गत असार २५ गते साँझ चिया खाएर आउँछु भनि काम गर्ने कम्पनीबाट निस्केका सप्तरीको खडक नगरपालिका ३ घर भएका ५८ वर्षिय उपेन्द्र कुमार भगत वेपत्ता भएका थिए ।
- गौर नगरपालिका वडा नं.
- ५ मा रहेको नेपाल लजको २०२ नम्बर कोठामा भगतको शव फेला परेको गौर प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया