चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो

राजविराज राजविराज
|
सोमबार, माघ २६, २०८२
|
|
१५३ पटक हेरिएको
Shares
चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो

सारांश

  •     राजविराजलाई लक्षित गरी अधिकांश दलको घोषणापत्र, प्रतिबद्धता पत्र, संकल्पपत्र र अपिलपत्रमा नगरपालिका क्षेत्र भित्रको ब्लक, विटौरी जग्गाको लालपूर्जा प्रदान गरिने, गजेन्द्रनारायण सिंह अस्पताल र औधोगिक क्षेत्रमा सुधार तथा प्रस्ताविक रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान भवन निर्माण र संचालनको विषय प्रमुख एजेन्डा बन्नेको छ ।
  •       आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पनि राजविराज नगरपालिका समेटिएको सप्तरीको निर्वाचन क्षेत्र नं २ का प्रायजसो हरेक दलका उम्मेदवारले यीनै विषयलाई प्रमुख एजेन्डा बनाएर चुनावी मैदानमा उत्रेका छन ।
  •       नेपाली काँग्रेस, नेकपा एमाले, जसपा नेपाल, जनमत, उज्यालो नेपाल, रास्वपा, राष्ट्रिय मुक्ती पार्टी, स्वभिमान, आजपा, नेजपा, जनअधिकार लगायतका पार्टीका उम्मेदवारको तर्फबाट जारी घोषणा पत्र, संकल्प पत्र, प्रतिबद्धतापत्र र अपिलपत्रमा उपरोक्त मुद्दा प्राथमिक्ताका साथ सम्बोधन गराउने उल्लेख गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २६ माघ । 

    सप्तरी क्षेत्र नं. २ का अधिकांश उम्मेदवारहरुले विगत कै जस्तै यस पटक पनि सदरमुकाम राजविराजलाई लक्षित गरि घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेका छन् । 
    राजविराजलाई लक्षित गरी अधिकांश दलको घोषणापत्र, प्रतिबद्धता पत्र, संकल्पपत्र र अपिलपत्रमा नगरपालिका क्षेत्र भित्रको ब्लक, विटौरी जग्गाको लालपूर्जा प्रदान गरिने, गजेन्द्रनारायण सिंह अस्पताल र औधोगिक क्षेत्रमा सुधार तथा प्रस्ताविक रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान भवन निर्माण र संचालनको विषय प्रमुख एजेन्डा बन्नेको छ । 
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पनि राजविराज नगरपालिका समेटिएको सप्तरीको निर्वाचन क्षेत्र नं २ का प्रायजसो हरेक दलका उम्मेदवारले यीनै विषयलाई प्रमुख एजेन्डा बनाएर चुनावी मैदानमा उत्रेका छन । 
    नेपाली काँग्रेस, नेकपा एमाले, जसपा नेपाल, जनमत, उज्यालो नेपाल, रास्वपा, राष्ट्रिय मुक्ती पार्टी, स्वभिमान, आजपा, नेजपा, जनअधिकार लगायतका पार्टीका उम्मेदवारको तर्फबाट जारी घोषणा पत्र, संकल्प पत्र, प्रतिबद्धतापत्र र अपिलपत्रमा उपरोक्त मुद्दा प्राथमिक्ताका साथ सम्बोधन गराउने उल्लेख गरिएको छ । तर चुनाव सकिएपछि ती एजेन्डाहरु हराउने गरेको स्थानीय मतदाताहरुको गुनासो छ । 
    नयाँ शक्तीको रुपमा उदाएका तथा नयाँ अनुहार लिएर सप्तरीको क्षेत्र नं. २ मा उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उक्त एजेन्डालाई प्राथमिक्तामा राखी आफनो उम्मेदवारले जीते उक्त माग सम्बोधन हुने प्रतिबद्धता पत्र मार्फत सार्वजनिक गरेको छ । 
    राजविराजको मुख्य बजार मेनरोड तथा आसपासमा रहेको ६८ विगहा जग्गामा नगर स्थापनाकाल देखी नै वसोवास गर्दै आएका ५ हजार २ सय परिवार (झण्डै २२ हजार मतदाता) अझै जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाउन सकेका छैनन । जग्गाधनीसंग रहेको बिटौरी जग्गाको कागजात कै आधारमा यस अघि उक्त जग्गा विक्री र बैंक तथा वित्तिय संस्थामा ऋण लिने काम हुदै आएको थियो । तर विगत ९ वर्ष देखी सरकारले गाउँ ब्लक र बिटौरी जग्गाको खरिद विक्री तथा बैक÷वित्तिय संस्थामा धितो राखी ऋण लिने कार्यमा रोक लगाएपछि जग्गधनीहरु समस्यामा परेको राजविराज नगरपालिका ३ का घनश्याम दास बताउँछन । 
    बुबा बाजेको पाला देखी रहेको आफनो जग्गा समस्यामा पर्दा विक्री वितरण गर्न र बैंक÷वित्तिय संंस्थामा राखेर ऋण समेत लिन नसक्ने स्थितीमा पुग्दा मिटरब्याजी संग चर्काे ब्याजदरमा ऋण लिन बाध्य भएको राजविराज ७ का विरेन्द्र गुप्ताले गुनासो पोखे ।
    राजविराज ४ का रजनीश माझीले ९ वर्ष अघि सम्म नगरपालिकाबाट पाएको रसिदको आधारमा समस्या परेका बेला बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर काम गर्ने गरेकोमा अहिले सो सेवा सुविधाबाट बञ्चित गराउँदा समस्यामा परेको सुनाए । 
    विभिन्न राजनीतिक दल र तिनका उम्मेदवारले चुनावका बेला ब्लक, बिटौरीका जग्गावालालाई जग्गाधनी प्रमाण पत्र उपलब्ध गराउने, गजेन्द्र नारायण सिह अस्पताल र गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रमा सुधार, प्रस्तावित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण र संचालनलाई प्रमुख एजेन्डा बनाउने गरेपनी चुनाव सकेपछी विर्सने गरेको नगरवासीको गुनासो छ । 
    उनीहरुले यस पटक उल्लेखित समस्या समाधान गर्न प्रतिबद्ध हुने र इमान्दार प्रयास गर्ने उम्मेदवारलाई मात्र मतदान गर्ने स्पष्ट पारेका छन । 
    एक लाख ५ हजार ९ सय २२ मतदाता रहेको सप्तरीको निर्वाचन क्षेत्र न २ मा ३४ जना उम्मेदवार चुनावी मैदानमा छन । ती मध्ये उल्लेखित एजेन्डाहरु प्रायजसो सबैको घोषणापत्र, प्रतिबद्धतापत्र, संकल्पपत्र र अपिलपत्रमा समेटिएको छ ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
कोसीमा हाम फालेका व्यक्तिको उद्धार
कोसीमा हाम फालेका व्यक्तिको उद्धार
उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व
उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व
दाईजोका कारण श्रीमतीलाई घर निकालासम्म गरेको कसुरमा श्रीमान पुर्पक्षका लागी कारागार चलान
दाईजोका कारण श्रीमतीलाई घर निकालासम्म गरेको कसुरमा श्रीमान पुर्पक्षका लागी कारागार चलान
लागू औषधसहित दुई पक्राउ 
लागू औषधसहित दुई पक्राउ 
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
दुर्घटनामा घाइते भएका बिजुलीको उपचारका क्रममा मृत्यु
दुर्घटनामा घाइते भएका बिजुलीको उपचारका क्रममा मृत्यु
घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 
घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव