दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
विहेको प्रलोभन देखाई नवालिकासँग एक युवाले शारीरिक सम्बन्ध बनाएर छाडेपछि उनी बिच्चलीमा परेकी छिन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का २२ बर्षीय युवकले १५ वर्षिया नावालिकालाई प्रेमजालमा फसाउँदै शारीरिक सम्बन्ध समेत बनाएर छाडी दिएपछि उनीे विचल्लीमा परेको हो ।
झापाको विर्तामोडमा सडक मरमत कार्यको रेखदेख गर्दै आएका ती युवकले पहिले देखी आफूसँग प्रेम गर्दै आएको र मंसिर ६ गते शनिवारका दिन आफूलाई विर्तामोड बोलाएर दुई दिनसम्म राखी शारीरिक सम्बन्ध बनाएको पीडित नवालिकाले बताईन् ।
“तिमीसँग विहे गर्छु भन्दै मलाई विर्तामोड बोलाएर शारीरीक सम्पर्क समेत ग¥यो, विहे गर्न भन्दा जन्मदर्ता प्रमाण पत्र ल्याउनु पर्छ भन्दै मलाई भारदहसम्म ल्याएर छोडी दिएको छ” नवालिकाले भनिन् ।
दुई दिनपछि मंसिर ८ मा घर आएकी नवालिकका बावु आमाले कहाँ गएकी थिइस ? सोधेपछी यो घट्ना बाहिरिएको हो । नवालिकका बाबु आमाले यसबारे परमेश्वरका बावु आमासँग विहेबारे कुरा गरेका थिए । तर उनीहरुले छोराको तिम्रो छोरीसँग विहे गर्ने कुरालाई अस्विकार गरेपछि छोरी बिचल्लीमा परेको पीडीतका बुवाले बताए ।
युवकले मोबाईलको स्विच अफ गरेर बसेको र उनका आमा वुवा पनि विहेका लागि तयार नभएपछि प्रहरी समक्ष उजुरी दिएको पिडितका बावुले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी निवेदन दिएपछि त्यसलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय हनुमाननगर पठाइएको छ ।
इलाका प्रहरी कार्यालय हनुमाननगरले मंसिर १४ गते दुबै पक्षलाई छलफलमा राखेर कुरा गर्ने अनि त्यसपछी मात्र आवश्यक प्रकृया अघि बढाउने जवाफ दिएको पीडित नवालिकका बुवाले जानकारी दिएका छन ।
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका
सारांश
- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का २२ बर्षीय युवकले १५ वर्षिया नावालिकालाई प्रेमजालमा फसाउँदै शारीरिक सम्बन्ध समेत बनाएर छाडी दिएपछि उनीे विचल्लीमा परेको हो ।
- झापाको विर्तामोडमा सडक मरमत कार्यको रेखदेख गर्दै आएका ती युवकले पहिले देखी आफूसँग प्रेम गर्दै आएको र मंसिर ६ गते शनिवारका दिन आफूलाई विर्तामोड बोलाएर दुई दिनसम्म राखी शारीरिक सम्बन्ध बनाएको पीडित नवालिकाले बताईन् ।
- “तिमीसँग विहे गर्छु भन्दै मलाई विर्तामोड बोलाएर शारीरीक सम्पर्क समेत ग¥यो, विहे गर्न भन्दा जन्मदर्ता प्रमाण पत्र ल्याउनु पर्छ भन्दै मलाई भारदहसम्म ल्याएर छोडी दिएको छ” नवालिकाले भनिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया