दैनिक समाचारदाता
राजविराज, ३ असार ।
आइतबारदेखी राजविराजमा सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण सुरु भएको छ ।
सप्तरी क्रिकेट संघको आयोजनामा स्थानिय पबिमाविको खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परबिनले ब्याटिङ गरि उद्घाटन गरिन ।
उद्घाटन खेलमा रुपनी राइडर्सले राजविराज द किंग्सलाई १५ रनले पराजित गरेको छ । उक्त खेलमा रुपनी राइडर्सले निर्धातिर २० ओभरमा १ सय ५० रन बनायो । उक्त लक्ष्य पछ्याउने क्रममा राजविराज द किंग्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १ सय ३५ रन मात्र बनाउन सफल भयो । राजविराज द किंग्सका लागि बिक्रम सोबले सर्वाधिक ३४ रन बनाए भने तृत राजदासले ३३ तथा अविशेख कार्कीले २९ रन बनाएका थिए ।
रुपनीका लागि फिर्दोश अन्सारीले सर्वाधिक ३, धिरज मण्डलले २ तथा जितेन्द्र मुखिया, अशोक मेहता र दिपेश कंडेलले १÷१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिंग गरेको रुपनीले २० ओभरमा ६ विकेट क्षतीमा १ सय ५० रन बनाएको थियो । जसमा फिर्दोश अन्सारीले सर्वाधिक ६१, रोहन बिकले ३३ तथा विकास दासले २० रनको योगदान दिए । बलिङतर्फ राजविराजका बिक्रम सोबले २ तथा दिपेश सरदार, तृत राजदास र सोहेल खानले १÷१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच रुपनी राइडर्सका फिर्दोश अन्सारी घोषित भए ।
प्रतियोगिताको उद्घाटन समारोहमा राजविराज नगरपालिकाका कार्यवाहक मेयर इशरत परबिन, नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंह, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, नेपाल क्रिकेट संघका पूर्व कोषाध्यक्ष शैलेश कुमार चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, राजविराज नगरपालिका वडा नं ८ का अध्यक्ष जयनारायण मण्डल तथा वडा नं. ५ का अध्यक्ष बन्दुलाल दासको उपस्थिति रहेको थियो ।
प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेल विहान ९ बजेदेखी रुपनी राइडर्स र बलानबिहुल सुपर किंग्स तथा दिउँसो १ बजे छिन्नमस्ता लायन्स र बजाज खडक वारियर्स बीच हुने आयोजक समितिले जनाएको छ ।
सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण सुरु, उद्घाटन खेलमा रुपनी बिजयी
सारांश
- सप्तरी क्रिकेट संघको आयोजनामा स्थानिय पबिमाविको खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परबिनले ब्याटिङ गरि उद्घाटन गरिन ।
- उद्घाटन खेलमा रुपनी राइडर्सले राजविराज द किंग्सलाई १५ रनले पराजित गरेको छ ।
- उक्त खेलमा रुपनी राइडर्सले निर्धातिर २० ओभरमा १ सय ५० रन बनायो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया