दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
भूमिहिन र अव्यवस्थित बसोवासीलाई भूमि प्राप्तीका लागी यहाँ जागरण अभियान चलाइएको छ । भुमिहिनलाई जागरुक गराउन तथा सकारको ध्यानाकर्षण गराउन राष्ट्रिय भूमि अधिकार मञ्च मधेश प्रदेशले सप्तरीबाट उक्त अभियान सूरु गरेको हो ।
यसैक्रममा भूमि अधिकारका लागि चलाइएको अभियानलाई जागरण यात्राको नाम दिइएको छ । यात्रा अन्तर्गत दोश्रो दिन बुधवार जिल्लाको राजगढ गाउँपालिका र विष्णपुर गाउँपालिकाको विभिन्न वडामा समुदाय स्तरमा छलफल तथा समिति गठन गरेको छ ।
यसअघि अघिल्लो दिन मंगलवार सप्तरीको तिरहुत गाउँपालिकाबाट उक्त यात्राको शुरुवात गरिएको थियो । पहिलो दिन तिरहुत र महादेवा गाउँपालिकामा सुमदाय, र सरकोरवालासँगका वृहत छलफल चलाएको मञ्चले दोश्रो दिन बुधवार पनि सो कार्यलाई निरन्तरता दिएको हो ।
भूमिहिन र अव्यवस्थित बसोवासीलाई भूमि प्राप्तिका लागि जागरुक गराउन स्थानीय मार्फत भूमिहिन र अव्यवस्थित बसोवासीको लगत संकलन कार्य लाई गति प्रदान गर्न, भूमि समस्या समाधान आयोग मार्फत भइरहेका काममा समुदाय र स्थानीय सरकारको चासो र सवालहरु अभिलेख गरी सार्वजनिक गर्न तथा कोही पनि भूमिहिन जग्गा प्राप्तिबाट बञ्चित नहोस भन्ने उद्देश्यका साथ जागरण यात्रा अभियानकै रुपमा अघि बढाइएको राष्टिूय भूमि अधिकार मञ्च नेपालका महासचिव फौदसिं स्याङबाले बताए ।
उनले भूमिहिन तथा कृषि कार्यमा संलग्न किसानको भूमि अधिकार सुनिश्चित गर्दै न्यायपूर्ण भूमि व्यवस्था र दिगो कृषि प्रणाली स्थापित गर्न योगदान गर्ने तथा भूमिहिन समुदायको जुझारु सक्रियता आवश्यक रहेकाले जागरण यात्रा सुरु गरिएको स्पष्ट पारेका छन् ।
उनी सहित जागरण यात्रा टोलीमा भूमि अधिकार मञ्च मधेश प्रदेशका सचिव अनुप माझी, कोषाअध्यक्ष सविता राम, भूमि तथा कृषि अभियन्ता, युक्तिलाल मरिक, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र मधेश प्रदेशका कार्यक्रम अधिकृत ओम प्रकाश राम, मञ्चका जिल्ला अध्यक्ष झगडा देवी राम, सचिव वासुदेव दास, पूर्व केन्द्रीय सदस्य शिव कुमार राम सहित २ दर्जन भूमि तथा कृषि अभियन्ता सहभागी छन् ।
आसार ४ सम्म पहिलो चरणको तथा त्यसपछि दोश्रो चरणमा बाँकी रहेका जिल्लाहरुमा क्रमिक रुपमा यात्रा पुग्ने आयोजक राष्ट्रिय भूमि अधिकार मञ्चले जनाएको छ ।
भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
सारांश
- यसैक्रममा भूमि अधिकारका लागि चलाइएको अभियानलाई जागरण यात्राको नाम दिइएको छ ।
- यात्रा अन्तर्गत दोश्रो दिन बुधवार जिल्लाको राजगढ गाउँपालिका र विष्णपुर गाउँपालिकाको विभिन्न वडामा समुदाय स्तरमा छलफल तथा समिति गठन गरेको छ ।
- यसअघि अघिल्लो दिन मंगलवार सप्तरीको तिरहुत गाउँपालिकाबाट उक्त यात्राको शुरुवात गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया