दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा होली मिलन समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।
नजिकिनै लागेको फागु पूर्णिमाको अवसरमा तराई–मधेश महिला फाउण्डेशन नेपालले उक्त गाउँपालिकाको वडा नं. ६ बभनगामा टोलमा यस्तो कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा आयोजक संस्थाकी अध्यक्ष सुनिता कुमारी साह “क्रान्ति” ले मौलिक संस्कृति र संस्कारको रक्षाका लागि चाडपर्व मनाइनु पर्ने भन्दै होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील गरिन् ।
होली पर्वमा खुल्ला रुपमा मद्यपान, ध्रुमपान र जबरजस्ती रंग दल्ने लगायतका प्रवृती बढ्दै गएको चिन्ता व्यक्त गरेकी उनले समाजमा विकृती फैलाउने खालका यस्ता गतिविधी नगर्न सबैमा आग्रह समेत गरिन् ।
सो अवसरमा फाउण्डेशनकी अध्यक्ष साहले होली पर्वको सन्देश अंकित टि–सर्टहरु कार्यक्रममा सहभागि चार दर्जन भन्दा बढीलाई बितरण गरेकी थिइन् ।
कार्यक्रममा महिला अधिकारकर्मी मञ्जु साह, समाजिक अभियन्ता प्रमोद शर्मा, निवर्तमान वडाअध्यक्ष जिवछ यादव, वडा सचिव चेतनारायण यादव लगायतले पनि बोल्दै तराई–मधेशको संस्कृतीका रुपमा रहेको होलीको संरक्षण तथा प्रवद्र्धनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने व्यक्त गरेका थिए ।
होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील
सारांश
- नजिकिनै लागेको फागु पूर्णिमाको अवसरमा तराई–मधेश महिला फाउण्डेशन नेपालले उक्त गाउँपालिकाको वडा नं.
- ६ बभनगामा टोलमा यस्तो कार्यक्रमको आयोजना गरेको हो ।
- सो अवसरमा आयोजक संस्थाकी अध्यक्ष सुनिता कुमारी साह “क्रान्ति” ले मौलिक संस्कृति र संस्कारको रक्षाका लागि चाडपर्व मनाइनु पर्ने भन्दै होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील गरिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
प्रतिक्रिया
० प्रतिक्रिया