दैनिक समाचारदाता
जनकपुरधाम, १२ साउन ।
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले मंगलबार आमसंचार प्राधिकरण र मिडिया काउन्सीलको कार्यालय निरिक्षण गरेका छन् ।
मन्त्री साहसहित राज्यमन्त्री कर्ण र मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवलेसमेत आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको निरीक्षण गरे ।
जनकपुरधामस्थित आमसंचार प्राधिकरण र मिडिया काउन्सिलको कार्यालय निरीक्षण गर्दै मन्त्री साहले उपलब्ध न्यून श्रोत साधनलाई अधिकतम उपयोग गर्दै पत्रकारिता क्षेत्रको विकासमा जुट्न मातहतका निकायहरुलाई निर्देशन समेत दिएका छन् ।
राजनीतिक परिवर्तनहरुमा मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै मन्त्री साहले पत्रकारिता क्षेत्रमा राम्रो गर्नेलाई पुरस्कृत र पित्त पत्रकारिता गर्ने दण्डको व्यवस्था आवश्यक रहेकोमा जोड दिए ।
साउन र भदौ महिनामा आवश्यक गृहकार्य एवम् पूर्व तयारी गरेर असोजदेखि नै महत्वपूर्ण कामहरु अगाडि बढाउन मन्त्री साहले निर्देशन पनि दिए । मन्त्रालयबाट चाँडै अख्तियारी पठाउने प्रतिवद्धता व्यक्त गर्दै जनशक्ति अभाव पूर्ति गर्न गम्भीर रहेको बताए ।
कार्यालय निरीक्षणका क्रममा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्णले पत्रकारिता क्षेत्रले राजनीतिक परिवर्तनहरुमा निभाएको भूमिका अत्यन्तै सराहनीय रहेको बताए ।
सोही क्रममा प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले विभिन्न समस्याहरु सम्बोधन गर्न ध्यानाकर्षण–पत्र बुझाएका छन् भने काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराईले समेत कार्यालयको अवस्थाबारे मन्त्री साह र राज्यमन्त्री कर्णलाई जानकारी गराएका छन् ।
संचारमन्त्री साहद्वारा आमसंचार प्राधिकरण र मिडिया काउन्सील कार्यालय निरिक्षण
सारांश
- मन्त्री साहसहित राज्यमन्त्री कर्ण र मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवलेसमेत आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको निरीक्षण गरे ।
- जनकपुरधामस्थित आमसंचार प्राधिकरण र मिडिया काउन्सिलको कार्यालय निरीक्षण गर्दै मन्त्री साहले उपलब्ध न्यून श्रोत साधनलाई अधिकतम उपयोग गर्दै पत्रकारिता क्षेत्रको विकासमा जुट्न मातहतका निकायहरुलाई निर्देशन समेत दिएका छन् ।
- राजनीतिक परिवर्तनहरुमा मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै मन्त्री साहले पत्रकारिता क्षेत्रमा राम्रो गर्नेलाई पुरस्कृत र पित्त पत्रकारिता गर्ने दण्डको व्यवस्था आवश्यक रहेकोमा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया