परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 

राजविराज राजविराज
|
शुक्रबार, जेठ २३, २०८२
|
|
७० पटक हेरिएको
Shares
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 

सारांश

  •     घरबाट बिहान ९ बजेतिर विद्यालय हिडेकी उनको को.
  • १त.
  • ५४०१ नं.

दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।

    सप्तरीको महादेवा गाउँपालिका २ की १७ वर्षिया काजल कुमारी मण्डल शुक्रबार ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । 
    घरबाट बिहान ९ बजेतिर विद्यालय हिडेकी उनको को.१त. ५४०१ नं. को ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो । ठक्करबाट उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
    तिलाठी कोइलाडी गाउँपालिकास्थित श्री लक्ष्मीबल्लभ नरिसिंह उमाविमा कक्षा ११ मा अध्ययनरत काजल परीक्षा दिन जाने क्रममा दुर्घटनामा परेकी हुन् । 
    दुर्घटनापछी ट्याक्टर चालक धनिया यादव भाग्न खोज्दा नियन्त्रणमा लिई स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 
    ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा राखी अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । चालकमाथी सवारी ज्यान मुद्दा अन्तरगत कारवाही हुने उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?