राजविराजसहित कंचनरुप नगरपालिकाका विद्यालयहरु पाँच दिन बन्द, क्याम्पसमा २० दिन विदा 

राजविराज राजविराज
|
बिहिबार, जेठ १८, २०८०
|
|
२९ पटक हेरिएको
Shares
राजविराजसहित कंचनरुप नगरपालिकाका विद्यालयहरु पाँच दिन बन्द, क्याम्पसमा २० दिन विदा 

सारांश

  •     बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा हुने पठनपाठन एवम् विद्यार्थीहरुको स्वास्थ्यमा समेत गम्भिर असर पर्न सक्ने देखिएको हुनाले जेठ १९ गते शुक्रबारदेखी जेठ २३ गते मंगलबारसम्म विदा दिइएको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
  •       सो विज्ञप्तिमा वर्षे विदाबाट कट्टा हुने गरि नगरपालिका अन्तरगतका सम्पूर्ण विद्यालयहरुमा विदा दिइएको जनाइएको छ ।
  •     यस्तै जिल्लाकै कंचनरूप नगरपालिकाले नगरभित्रका विद्यालयमा पनि ५ दिनको विदा दिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १८ जेठ । 

    विगत केही दिनदेखी बढेको अत्याधिक गर्मीका कारण बालबालिकाहरुलाई विद्यालयमा पठनपाठन गर्न समस्या भइरहेको भन्दै सप्तरीका दुई स्थानिय तहले पाँच दिनका लागि सामुदायिक तथा निजि विद्यालयहरुमा विदा दिएको छ । 
    बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा हुने पठनपाठन एवम् विद्यार्थीहरुको स्वास्थ्यमा समेत गम्भिर असर पर्न सक्ने देखिएको हुनाले जेठ १९ गते शुक्रबारदेखी जेठ २३ गते मंगलबारसम्म विदा दिइएको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनद्वारा जारि विज्ञप्तिमा उल्लेख छ । 
    सो विज्ञप्तिमा वर्षे विदाबाट कट्टा हुने गरि नगरपालिका अन्तरगतका सम्पूर्ण विद्यालयहरुमा विदा दिइएको जनाइएको छ ।
    यस्तै जिल्लाकै कंचनरूप नगरपालिकाले नगरभित्रका विद्यालयमा पनि ५ दिनको विदा दिएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेणुका साहद्वारा बिहीबारै जारी गरिएको सूचनामा शुक्रबारदेखि जेठ २३ गते मंगलबारका दिनसम्म विदा दिएको जनाइएको छ ।
    यसैगरि महेन्द्र बिन्देश्वरी बहुमुखी क्यामपस राजविराजले जेठ २१ गतेदेखी असार ८ गतेसम्म २० दिन गर्मी विदा दिने निर्णय गरेको छ । 
    क्याम्पस प्रमुख राजिव कुमार मिश्राद्वारा बिहीबार जारि सूचनामा उक्त विदा वार्षिक विदामा कट्टा हुने गरि दिइएको उल्लेख छ । 
    पछिल्लो एक सातादेखी मधेश प्रदेशका जिल्ला लगायत अन्य केही प्रदेशमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । 
    एक हप्तादेखी बिहान ६ बजेदेखी नै अत्याधिक तापक्रम बढ्ने गरेको छ । बिहानै ३० डिग्रि सेल्सिय तथा १२ बजेसम्म ३५ हुँदै ३ बजे ४१ डिग्रि तापक्रम हुने गरेको छ । जसकारण अत्यावश्यक काम बाहेक मानिसहर सडकमा देख्न छाडिएका छन् । गर्मी बढ्दै जाँदा सबै भन्दा बढी बालबालिका तथा बृद्धबृद्धाहरु प्रभावित भएका छन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?