भिनाजुको घर गएका युवक ६६ दिनदेखी वेपत्ता

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
३७ पटक हेरिएको
Shares
भिनाजुको घर गएका युवक ६६ दिनदेखी वेपत्ता

सारांश

  •     सिरहाको लहान नगरपालिका २० हरिनगरा टोलस्थित भिनाजुको घर गएका बेला गत असार ९ गते दिनेश वेपत्ता भएको परिवारजनले जनाएका छन् ।
  • दिदी सरिता र भिनाजु रामानन्दलाई बजार घुमेर आउँछु भनी निस्केका उनी हालसम्म फर्केर नआएको बुबा तेजनारायणले बताए ।
  •       छोरा पत्ता लगाइदिन भन्दै उनले घटनाको भोलीपल्टै हुलिया विवरण सहितको निदेवन इलाका प्रहरी कार्यालय लहानमा दिए ।

दैनिक  समाचारदााता
राजविराज, १४ भदौ । 

    सिरहाको लहानस्थित भिनाजुको घरबाट निस्केका एक युवक ६६ दिनदेखी वेपत्ता छन् । सप्तरीको रुपनी गाउँपालिका ६ जगमोहन टोलका २६ वर्षिय दिनेश कुमार चौधरी वेपत्ता भएका हुन् । 
    सिरहाको लहान नगरपालिका २० हरिनगरा टोलस्थित भिनाजुको घर गएका बेला गत असार ९ गते दिनेश वेपत्ता भएको परिवारजनले जनाएका छन् । दिदी सरिता र भिनाजु रामानन्दलाई बजार घुमेर आउँछु भनी निस्केका उनी हालसम्म फर्केर नआएको बुबा तेजनारायणले बताए । 
    छोरा पत्ता लगाइदिन भन्दै उनले घटनाको भोलीपल्टै हुलिया विवरण सहितको निदेवन इलाका प्रहरी कार्यालय लहानमा दिए । तर, हालसम्म कतै कुनै सुराक नपाइएको उनले बताएका छन् ।  प्रहरीसँगै नेपाल तथा भारतमा रहेका आफन्त र चिनजानका सबैमा जानकारी गराएपनी हालसम्म फेला पर्न नसकेको आमा किसनी देवीले सुनाइन् ।
    खोजीकार्यमा चौधरी दम्पत्तिलाई साथ र सहयोग दिइरहेका रुपनी गाउँपालिकाका समाजसेवी रंजित भगतले दिनेशका सबै साथी, घरछिमेक तथा चिनजानका सबैमा जानकारी गराई खोज तलास गर्दा पनी कतै फेला पर्न नसकेको बताए । 
    इलाका प्रहरी कार्यालय लहानले दिनेशको पत्ता लगाउन उनको हुलियासहितको सम्पूर्ण विवरण देशै भरका प्रहरी कार्यालयमा पठाई खोजि कार्य जारि राखेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मी संक्रमित 
खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मी संक्रमित 
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह
संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह
हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित
हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा बारा र सिरहा सेमिफाईनलमा प्रवेश 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा बारा र सिरहा सेमिफाईनलमा प्रवेश 
करदाता सेवा कार्यालय यथावत  नराखिए आन्दोलन चर्काउने चेतावनी 
करदाता सेवा कार्यालय यथावत  नराखिए आन्दोलन चर्काउने चेतावनी 
मानव बेचबिखन मुद्दामा कैद सजाय पाएर फरार  प्रतिबादी पक्राउ 
मानव बेचबिखन मुद्दामा कैद सजाय पाएर फरार  प्रतिबादी पक्राउ 
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 
मलाह कल्याण संघले थालेको रिले अनसन चौथो दिन पनि जारि 
मलाह कल्याण संघले थालेको रिले अनसन चौथो दिन पनि जारि 
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न