राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 

राजविराज राजविराज
|
शनिबार, चैत्र २, २०७५
|
|
५४ पटक हेरिएको
Shares
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 

सारांश

  •     यस्तै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका सांसद सुमनराज प्याकुरेलले नेपाली जनताको सुख, शान्ति, सुशासन भन्ने सपनालाई साकार पार्न समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई अघि सारी सरकारले विकास निर्माणको कार्यलाई तीव्रताका साथ अगाडि बढाइ रहेको बताए ।
  • शिलान्यास भएको यो खेलमैदानलाई नेपालकै उत्कृष्ट खेलमैदान बनाउन आफू लागि पर्ने उनले विश्वास दिलाए ।
  •       सो कार्यक्रममा प्रतिनिधि सभाका सांसद सरिता गिरीले विकास निर्माणको सवालमा सप्तरी जिल्ला सधैँ अगाडि हुनुपर्छ भन्दै यस खेलमैदानलाई नमूना बनाउनका लागि आफू लागि पर्ने बताइन् ।

    राजविराज÷राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सप्तरीको कञ्चनरूप नगरपालिका ९ स्थित खयरवनमा निर्माण गर्न लागिएको मदन भण्डारी खेलग्रामको शिलान्यास गरेका छन् ।
    राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाले सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ९ र १२ रुपनगरमा मदन भण्डारी मार्गकोे शिलान्यास गरेका हुन् । 
    शिलान्यास कार्यक्रममा अध्यक्ष तिम्सिनाले खेलाडीको शारीरिक र मानसिक विकास नभएसम्म खेलकूदको विकास नहुने बताए । 
    यस्तै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका सांसद सुमनराज प्याकुरेलले नेपाली जनताको सुख, शान्ति, सुशासन भन्ने सपनालाई साकार पार्न समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई अघि सारी सरकारले विकास निर्माणको कार्यलाई तीव्रताका साथ अगाडि बढाइ रहेको बताए । शिलान्यास भएको यो खेलमैदानलाई नेपालकै उत्कृष्ट खेलमैदान बनाउन आफू लागि पर्ने उनले विश्वास दिलाए । 
    सो कार्यक्रममा प्रतिनिधि सभाका सांसद सरिता गिरीले विकास निर्माणको सवालमा सप्तरी जिल्ला सधैँ अगाडि हुनुपर्छ भन्दै यस खेलमैदानलाई नमूना बनाउनका लागि आफू लागि पर्ने बताइन् । 
    शिलान्यास गरिएको सो मदन भण्डारी मार्ग रुपनगर चोकदेखि चर्खिया, बसतीपुर, पौडाहा खोला हँुदै उदयपुर जिल्लाको सिवाइ हुँदै पहाडी मार्गसम्म जोडिने छ । यसका लागि करीब रु एक करोड विनियोजन भई ठेक्का लागि सम्झौता हुने तयारीमा रहेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।
    एक सय २४ बिघामा खेल ग्राम निर्माणका लागि यस आर्थिक वर्ष रु २५ लाख विनियोजन भई काम शुरु हुन लागेको जिल्ला खेलकूद विकास समितिका प्रमुख दिनेश भुजेलले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न 
नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न 
प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता,  ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता,  ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
डाक्नेश्वरी नगरपालिका अब आफ्नै भवनमा, ५७ कोठ्ठे सहितको तीन तल्ले भवन तयार
डाक्नेश्वरी नगरपालिका अब आफ्नै भवनमा, ५७ कोठ्ठे सहितको तीन तल्ले भवन तयार
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
लागूऔषध नियन्त्रणका लागि कडा निगरानी ः प्रहरी उपरीक्षक प्रसाई
हात्तिको आक्रमणबाट जोगिन भाग्दै गर्दा बेहोस भएका साहको मृत्यु
हात्तिको आक्रमणबाट जोगिन भाग्दै गर्दा बेहोस भएका साहको मृत्यु
“जय श्री राम” को नाराले बजार गुन्जियो 
“जय श्री राम” को नाराले बजार गुन्जियो 
किर्ते कागज बनाई वित्तीय संस्थाबाट अर्कैको नाउँमा ऋण निकालिएको खुलासा
किर्ते कागज बनाई वित्तीय संस्थाबाट अर्कैको नाउँमा ऋण निकालिएको खुलासा
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी