विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
६९ पटक हेरिएको
Shares
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग

सारांश

  •     गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले मंगलबार वडा नंं ७ स्थित दुईवटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पालिको तर्फबाट कपी र डटपेन सहयोग उपलब्ध गराएका हुन् ।
  •     गाउँपालिकाको वडा नंं ७ मा रहेको जनता माध्यमिक विद्यालय इटहरी र आधारभूत विद्यालय विष्णुपुरका २ सय ५ जना अध्ययनरत विद्यार्थीहरुलाई पालिकाको तर्फबाट कपी र डटपेन उपलब्ध गराईएको अध्यक्ष यादवले जानकारी दिए ।
  •     “गरिव तथा विपन्न परिवारका विद्यार्थीहरु कपी डटपेनकै अभावमा विद्यालय आउन छाड्ेपछि उनीहरुलाई विद्यालयसम्म ल्याउनका प्रोत्साहन स्वरुप लागि कपी डटपेन उपलब्ध गराएका हौं ।

दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।  

    सप्तरीको विष्णुपुर गाउँपालिकाले विद्यार्थीलाई विद्यालय ल्याउन प्रोत्साहन स्वरुप कपी कलम सहयोग उपलब्ध गराएको छ । 
    गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले मंगलबार वडा नंं ७ स्थित दुईवटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पालिको तर्फबाट कपी र डटपेन सहयोग उपलब्ध गराएका हुन् ।
    गाउँपालिकाको वडा नंं ७ मा रहेको जनता माध्यमिक विद्यालय इटहरी र आधारभूत विद्यालय विष्णुपुरका २ सय ५ जना अध्ययनरत विद्यार्थीहरुलाई पालिकाको तर्फबाट कपी र डटपेन उपलब्ध गराईएको अध्यक्ष यादवले जानकारी दिए ।
    “गरिव तथा विपन्न परिवारका विद्यार्थीहरु कपी डटपेनकै अभावमा विद्यालय आउन छाड्ेपछि उनीहरुलाई विद्यालयसम्म ल्याउनका प्रोत्साहन स्वरुप लागि कपी डटपेन उपलब्ध गराएका हौं ।” उनले भने, “विद्यालयहरुको नियमित अनुगमन गर्दा कतिपय विद्यार्थीहरु कपी डटपेन नै नभएर विद्यालय आउन छाड्न थालेपछि पालिकाको तर्फबाट थोरै सहयोग गरेका हौं ।” 
    उनले जनता मावि इटहरीमा कक्षा ६ देखि १० सम्म र आधारभूत विद्यालय विष्णुपुरमा कक्षा ६ र ७ का २ सय ५ जना छात्रछात्राहरुलाई १ हजार ४ सय ८० थान कपी र ४ सय २४ थान डटपेन उपलब्ध गराएको उनले जानकारी दिए ।
    यसरी उनीहरुलाई बेलाबेलामा थोरै शैक्षिक सामग्रीको सहयोग भयो भने विद्यार्थीहरुको मनोवल उच्च हुने र उनीहरु नियमित विद्यालयमा पढ्न आउने अध्यक्ष यादवले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनतालाई अस्पतालसम्म पुग्ने बाटो देखाइदिनुस् ः प्रजिअ आचार्य
जनतालाई अस्पतालसम्म पुग्ने बाटो देखाइदिनुस् ः प्रजिअ आचार्य
सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
इतिहासविद् दासको निधन
किशोर किशोरीहरु जिवन उपयोगी सीप तर्फ जागरूक हँुदै
किशोर किशोरीहरु जिवन उपयोगी सीप तर्फ जागरूक हँुदै
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव
एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह 
एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह 
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा 
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा 
लिटिल एन्जेल फाईनलमा प्रवेश
लिटिल एन्जेल फाईनलमा प्रवेश
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने 
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव