दैनिक समचारदाता
राजविराज, २५ असोज ।
जनज्योति कृषि सहकारी संस्थाले शनिबार आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
साधारण सभाका प्रमुख अतिथि रुपनी गाउँपालिकाका निवर्तमान अध्यक्ष हरेराम यादवले सहकारी संस्थाको माध्यमबाट विभिन्न वर्गका जनताहरु लाभान्वित भइरहेका बताएका छन् ।
वर्तमान समयमा सहकारीहरुको भूमिका सहनिय रहेको भन्दै उनले सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेको उल्लेख गरे । संस्थाले प्रवाह गर्ने गरेको विभिन्न आर्थिक कारोबारबाट व्यक्तिहरुले रोजगारीको अवसर समेत पाइरहेको उनको भनाई थियो ।
संस्थाका शेयर सदस्य समेत रहेको निवर्तमान अध्यक्ष यादवले संस्थाले ऋण प्रवाह गरेपछी त्यसको सदुपयोग गरि आयमूलक रोजगारीमा लगानी गर्ने गरेकाले त्यसबाट अप्रत्यक्ष रुपमा रोजगारीको अवसर समेत सृजना हुने गरेको बताए ।
अहिले मुलुक अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै उनले यस्तो अवस्थामा पनि सहकारीहरुले दैनिक रुपमा ग्राहकहरुलाई दिइरहेको सेवा सहनिय रहेको बताए ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित सभामा वक्ताहरुले संस्थाको निरन्तरताले नै विश्वासनियता बढेको भन्दै आगामी दिनमा संस्थाको प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
यसअघि संस्थाका अध्यक्ष मण्डलले आ.ब. २०८१÷८२ को वित्तिय अवस्था बारे जानकारी गराएका थिए । जसअनुसार ८ सय ९१ पुरुष र ७ सय ६८ महिला गरि १ हजार ६ सय ५९ शेयर सदस्य रहेको प्रतिवेदन प्रस्तुत गर्दै २ करोड ५८ लाख ७३ हजार हजार शेयर पुँजी रहेको जानकारी दिए ।
त्यस्तै संस्थाको कुल सम्पत्ति १९ करोड ४५ लाख ४० हजार ५० रुँपैया, जगेडा कोष ८५ लाख ८३ हजार ९ सय १, अनय संचालन कोष ९६ लाख ९ हजार २ सय २२, ऋण लगानी १३ करोड २३ लाख १२ हजार ७ सय १९ तथा संस्थाको कुल बचत ९ करोड १२ लाख ८४ हजार १ सय १० रुँपैया रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरि चालु आ.ब. २०८२÷८३ मा संस्थाले शेयर पुँजी २ करोड २५ लाख ८७ हजार ३ सय, शेयर सदस्य २ हजार ८ सय २३ जना, जगेडा कोष ९७ लाख ४३ हजार ३४ रुँपैया, कुल सम्पत्ति २३ करोड ११ लाख ७ हजार ९ सय ७९ तथा ऋण लगानी १९ करोड ६९ लाख ९४ हजार ३ सय २८ पु¥याउने लक्ष्य रहेको अध्यक्ष मण्डलद्वारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।
संस्थाले कृषि तथा पशुपालन, व्यापार व्यवसाय लगायत १२ वटा क्षेत्रमा क्रमिक बचत (दैनिक), साधारण बचत, व्यक्तिगत बचत, जनज्योती सुपर बचत, बाल बचत लगायत १८ प्रकारका बचतहरु संचालन गर्दै आइरहेको छ ।
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
सारांश
- साधारण सभाका प्रमुख अतिथि रुपनी गाउँपालिकाका निवर्तमान अध्यक्ष हरेराम यादवले सहकारी संस्थाको माध्यमबाट विभिन्न वर्गका जनताहरु लाभान्वित भइरहेका बताएका छन् ।
- वर्तमान समयमा सहकारीहरुको भूमिका सहनिय रहेको भन्दै उनले सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेको उल्लेख गरे ।
- संस्थाले प्रवाह गर्ने गरेको विभिन्न आर्थिक कारोबारबाट व्यक्तिहरुले रोजगारीको अवसर समेत पाइरहेको उनको भनाई थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया