सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव

राजविराज राजविराज
|
शनिबार, आश्विन २५, २०८२
|
|
१०४ पटक हेरिएको
Shares
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव

सारांश

  •    साधारण सभाका प्रमुख अतिथि रुपनी गाउँपालिकाका निवर्तमान अध्यक्ष हरेराम यादवले सहकारी संस्थाको माध्यमबाट विभिन्न वर्गका जनताहरु लाभान्वित भइरहेका बताएका छन् ।
  •    वर्तमान समयमा सहकारीहरुको भूमिका सहनिय रहेको भन्दै उनले सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेको उल्लेख गरे ।
  • संस्थाले प्रवाह गर्ने गरेको विभिन्न आर्थिक कारोबारबाट व्यक्तिहरुले रोजगारीको अवसर समेत पाइरहेको उनको भनाई थियो ।

दैनिक समचारदाता
राजविराज, २५ असोज । 

   जनज्योति कृषि सहकारी संस्थाले शनिबार आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 
   साधारण सभाका प्रमुख अतिथि रुपनी गाउँपालिकाका निवर्तमान अध्यक्ष हरेराम यादवले सहकारी संस्थाको माध्यमबाट विभिन्न वर्गका जनताहरु लाभान्वित भइरहेका बताएका छन् ।
   वर्तमान समयमा सहकारीहरुको भूमिका सहनिय रहेको भन्दै उनले सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेको उल्लेख गरे । संस्थाले प्रवाह गर्ने गरेको विभिन्न आर्थिक कारोबारबाट व्यक्तिहरुले रोजगारीको अवसर समेत पाइरहेको उनको भनाई थियो । 
   संस्थाका शेयर सदस्य समेत रहेको निवर्तमान अध्यक्ष यादवले संस्थाले ऋण प्रवाह गरेपछी त्यसको सदुपयोग गरि आयमूलक रोजगारीमा लगानी गर्ने गरेकाले त्यसबाट अप्रत्यक्ष रुपमा रोजगारीको अवसर समेत सृजना हुने गरेको बताए । 
   अहिले मुलुक अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै उनले यस्तो अवस्थामा पनि सहकारीहरुले दैनिक रुपमा ग्राहकहरुलाई दिइरहेको सेवा सहनिय रहेको बताए । 
   संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित सभामा वक्ताहरुले संस्थाको निरन्तरताले नै विश्वासनियता बढेको भन्दै आगामी दिनमा संस्थाको प्रगतिको शुभकामना व्यक्त गरेका थिए । 
   यसअघि संस्थाका अध्यक्ष मण्डलले आ.ब. २०८१÷८२ को वित्तिय अवस्था बारे जानकारी गराएका थिए । जसअनुसार ८ सय ९१ पुरुष र ७ सय ६८ महिला गरि १ हजार ६ सय ५९ शेयर सदस्य रहेको प्रतिवेदन प्रस्तुत गर्दै २ करोड ५८ लाख ७३ हजार हजार शेयर पुँजी रहेको जानकारी दिए । 
   त्यस्तै संस्थाको कुल सम्पत्ति १९ करोड ४५ लाख ४० हजार ५० रुँपैया, जगेडा कोष ८५ लाख ८३ हजार ९ सय १, अनय संचालन कोष ९६ लाख ९ हजार २ सय २२, ऋण लगानी १३ करोड २३ लाख १२ हजार ७ सय १९ तथा संस्थाको कुल बचत ९ करोड १२ लाख ८४ हजार १ सय १० रुँपैया रहेको प्रतिवेदनमा उल्लेख छ । 
    यसैगरि चालु आ.ब. २०८२÷८३ मा संस्थाले शेयर पुँजी २ करोड २५ लाख ८७ हजार ३ सय, शेयर सदस्य २ हजार ८ सय २३ जना, जगेडा कोष ९७ लाख ४३ हजार ३४ रुँपैया, कुल सम्पत्ति २३ करोड ११ लाख ७ हजार ९ सय ७९ तथा ऋण लगानी १९ करोड ६९ लाख ९४ हजार ३ सय २८ पु¥याउने लक्ष्य रहेको अध्यक्ष मण्डलद्वारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ । 
   संस्थाले कृषि तथा पशुपालन, व्यापार व्यवसाय लगायत १२ वटा क्षेत्रमा क्रमिक बचत (दैनिक), साधारण बचत, व्यक्तिगत बचत, जनज्योती सुपर बचत, बाल बचत लगायत १८ प्रकारका बचतहरु संचालन गर्दै आइरहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रहेनन् सहप्राध्यापक शरण    
रहेनन् सहप्राध्यापक शरण    
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु
माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु
प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
दोहो¥याएर उम्मेदवारी दिएका आतेश र सरिता मात्र निर्वाचित
दोहो¥याएर उम्मेदवारी दिएका आतेश र सरिता मात्र निर्वाचित

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी