जिल्ला बार एशोसिएशनको अध्यक्षमा  कामेश्वर यादव निर्वाचित

राजविराज राजविराज
|
आइतबार, भाद्र ३०, २०८१
|
|
९१ पटक हेरिएको
Shares
जिल्ला बार एशोसिएशनको अध्यक्षमा  कामेश्वर यादव निर्वाचित

सारांश

  •     कामेश्वरले ५२ मत ल्याउँदा उनका निकटत्तम प्रतिद्वन्दी प्रगतिशिल पेशागत समावेशी तथा लोकतान्त्रिक समूहका उपेन्द्र प्रसाद यादवले ४४ मत प्राप्त गरे ।
  •       शनिबार बिहान ९ बजेदेखी सुरु भएको मतदान साँझ ४ बजे सकिए लगत्तै मतगणना सुरु गरिएको थियो ।
  • शनिबारै बेलुका घोषित परिणाम अनुसार सचिव पदमा प्रगतिशिल लोकतान्त्रिक समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका रामएकवाल मण्डल निर्वाचित भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २९ भदौं । 

    सप्तरी जिल्ला अदालत बार एशेसिएशनको अध्यक्ष पदमा प्रगतिशिल लोकतान्त्रिक समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका कामेश्वर यादव निर्वाचित भएका छन् । 
    कामेश्वरले ५२ मत ल्याउँदा उनका निकटत्तम प्रतिद्वन्दी प्रगतिशिल पेशागत समावेशी तथा लोकतान्त्रिक समूहका उपेन्द्र प्रसाद यादवले ४४ मत प्राप्त गरे । 
    शनिबार बिहान ९ बजेदेखी सुरु भएको मतदान साँझ ४ बजे सकिए लगत्तै मतगणना सुरु गरिएको थियो । शनिबारै बेलुका घोषित परिणाम अनुसार सचिव पदमा प्रगतिशिल लोकतान्त्रिक समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका रामएकवाल मण्डल निर्वाचित भएका छन् । मण्डलले ६१ मत ल्याउँदा निकटत्तम प्रतिद्वन्दी प्रगतिशिल पेशागत समावेशी तथा लोकतान्त्रि समूहका सुरेश कुमार सिंहले ३८ मत मात्र प्राप्त गरे । 
    यस्तै सदस्य पदमा कामेश्वर समूहकै लबेन्द्र प्रसाद देव, धिरेन्द्र लाल, रामनरेश चौधरी, शिवनारायण यादव तथा उपेन्द्र समूहका बिरबहादुर कडारी निर्वाचित भएका छन् । 
    यस्तै केन्द्रिय पार्षदमा उपेन्द्र समूहका महेन्द्र प्रसाद देव, शंकर कुमार मिश्र, केशरलाल खंग, रमाकान्त चौधरी तथा कामेश्वर समूहका ध्रब कुमार मण्डल निर्वाचित भएका छन् । सो पदमा रमाकान्त चौधरी र मनु खनाल दुबैको ५२÷५२ मत आएपछि गोलाप्रथा प्रणाली अपनाइएको थियो । जसमा रमाकान्त चौधरीले बाजी मारे । 
    यसअघि उपाध्यक्ष पदमा मिस्टर चौधरी, सहसचिव पदमा शैलजा कुमारी साह र कोषाध्यक्ष पदमा निलम कुमारी यादव निर्विरोध निर्वाचित भइसकेका छन् । 
    नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । निर्वाचनमा कुल १ सय ३ मतदाता रहेकोमा ९८ मत खसेको निर्वाचन समितिका संयोजक केशव दासले जानकारी दिए । एक अध्यक्ष, एक सचिव तथा पाँच सदस्य र पाँच केन्द्रिय पार्षद गरि १२ पदका लागि निर्वाचन भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी