दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
सप्तरी जिल्ला अदालत बार एशेसिएशनको अध्यक्ष पदमा प्रगतिशिल लोकतान्त्रिक समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका कामेश्वर यादव निर्वाचित भएका छन् ।
कामेश्वरले ५२ मत ल्याउँदा उनका निकटत्तम प्रतिद्वन्दी प्रगतिशिल पेशागत समावेशी तथा लोकतान्त्रिक समूहका उपेन्द्र प्रसाद यादवले ४४ मत प्राप्त गरे ।
शनिबार बिहान ९ बजेदेखी सुरु भएको मतदान साँझ ४ बजे सकिए लगत्तै मतगणना सुरु गरिएको थियो । शनिबारै बेलुका घोषित परिणाम अनुसार सचिव पदमा प्रगतिशिल लोकतान्त्रिक समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका रामएकवाल मण्डल निर्वाचित भएका छन् । मण्डलले ६१ मत ल्याउँदा निकटत्तम प्रतिद्वन्दी प्रगतिशिल पेशागत समावेशी तथा लोकतान्त्रि समूहका सुरेश कुमार सिंहले ३८ मत मात्र प्राप्त गरे ।
यस्तै सदस्य पदमा कामेश्वर समूहकै लबेन्द्र प्रसाद देव, धिरेन्द्र लाल, रामनरेश चौधरी, शिवनारायण यादव तथा उपेन्द्र समूहका बिरबहादुर कडारी निर्वाचित भएका छन् ।
यस्तै केन्द्रिय पार्षदमा उपेन्द्र समूहका महेन्द्र प्रसाद देव, शंकर कुमार मिश्र, केशरलाल खंग, रमाकान्त चौधरी तथा कामेश्वर समूहका ध्रब कुमार मण्डल निर्वाचित भएका छन् । सो पदमा रमाकान्त चौधरी र मनु खनाल दुबैको ५२÷५२ मत आएपछि गोलाप्रथा प्रणाली अपनाइएको थियो । जसमा रमाकान्त चौधरीले बाजी मारे ।
यसअघि उपाध्यक्ष पदमा मिस्टर चौधरी, सहसचिव पदमा शैलजा कुमारी साह र कोषाध्यक्ष पदमा निलम कुमारी यादव निर्विरोध निर्वाचित भइसकेका छन् ।
नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । निर्वाचनमा कुल १ सय ३ मतदाता रहेकोमा ९८ मत खसेको निर्वाचन समितिका संयोजक केशव दासले जानकारी दिए । एक अध्यक्ष, एक सचिव तथा पाँच सदस्य र पाँच केन्द्रिय पार्षद गरि १२ पदका लागि निर्वाचन भएको थियो ।
जिल्ला बार एशोसिएशनको अध्यक्षमा कामेश्वर यादव निर्वाचित
सारांश
- कामेश्वरले ५२ मत ल्याउँदा उनका निकटत्तम प्रतिद्वन्दी प्रगतिशिल पेशागत समावेशी तथा लोकतान्त्रिक समूहका उपेन्द्र प्रसाद यादवले ४४ मत प्राप्त गरे ।
- शनिबार बिहान ९ बजेदेखी सुरु भएको मतदान साँझ ४ बजे सकिए लगत्तै मतगणना सुरु गरिएको थियो ।
- शनिबारै बेलुका घोषित परिणाम अनुसार सचिव पदमा प्रगतिशिल लोकतान्त्रिक समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका रामएकवाल मण्डल निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया