सार्वजनिक खरिद छैठांै नियमावली सच्याउन माँग गर्दै निर्माण ब्यवसायीद्वारा प्रमलाई ज्ञापन

राजविराज राजविराज
|
बिहिबार, जेठ ९, २०७६
|
|
४१ पटक हेरिएको
Shares
सार्वजनिक खरिद छैठांै नियमावली सच्याउन माँग गर्दै निर्माण ब्यवसायीद्वारा प्रमलाई ज्ञापन

सारांश

  •     नेपाल सरकारद्वारा निर्माण ब्यबसायीहरूको सार्वजनिक खरिद छैठौ नियमावली ०७५ राजपत्रमा प्रकाशित भएपछि प्रावधान प्रति तिब्र असन्तुष्टी जनाउँदै सो प्रावधान सच्याउन माँग गर्दै निर्माण व्यवसयाीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
  •     ज्ञापनपत्र बुझाउनु अघि निमार्ण ब्यबसायी सँघ सप्तरीको कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एनेश्वर दासले नेपाल राजपत्र प्रकाशित सार्वजनिक खरिद नियमावलीमा साह्रेै नकारात्मक असर हुने प्रावधान राखिएकोमा महासँघको गम्भीर आपत्ति रहेको बताए ।
  •       उनले नियम ४९ (क) मा भएको संशोधनले ऐन बमोजिम कालो सुचीमा परेको ब्यक्ती ,फर्म संस्था वा कम्पन्नीको संचालकले आप्mनो पुर्ण वा आंशिक स्वामित्वमा बोलपत्र पेश गरि कारोवार गर्न नपाईने प्रावधान कानुन बिपरित रहेकोले सो सच्याउन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको जानकारी गराएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
    निर्माण ब्यबसायीहरू हित बिपरित नियमावली ल्याएको भन्दै निर्माण ब्यबसायीहरू आन्दोलित भइरहेको बेला सप्तरीका निर्माण व्यवसायीहरुले पनि विभिन्न माँग राख्दै बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
    नेपाल सरकारद्वारा निर्माण ब्यबसायीहरूको सार्वजनिक खरिद छैठौ नियमावली ०७५ राजपत्रमा प्रकाशित भएपछि प्रावधान प्रति तिब्र असन्तुष्टी जनाउँदै सो प्रावधान सच्याउन माँग गर्दै निर्माण व्यवसयाीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
    ज्ञापनपत्र बुझाउनु अघि निमार्ण ब्यबसायी सँघ सप्तरीको कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एनेश्वर दासले नेपाल राजपत्र प्रकाशित सार्वजनिक खरिद नियमावलीमा साह्रेै नकारात्मक असर हुने प्रावधान राखिएकोमा महासँघको गम्भीर आपत्ति रहेको बताए । 
    उनले नियम ४९ (क) मा भएको संशोधनले ऐन बमोजिम कालो सुचीमा परेको ब्यक्ती ,फर्म संस्था वा कम्पन्नीको संचालकले आप्mनो पुर्ण वा आंशिक स्वामित्वमा बोलपत्र पेश गरि कारोवार गर्न नपाईने प्रावधान कानुन बिपरित रहेकोले सो सच्याउन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको जानकारी गराएका थिए । 
    ज्ञापनपत्रमा सो ब्यबस्था तत्काल खारेज गरि जुन फर्म र कम्पन्नी कालो सुचीमा परेको छ त्यस्तालाई मात्र कारवाहीको ब्यबस्था हुनुपर्ने उल्लेख गरिएको छ ।
    त्यस्तै संशोधन गरीएको नियमावली नियम ६५ मा निर्माण ब्यबसायीहरूले साधन स्रोत बमोजिम बार्षिक टर्न बेस्ट अफ थ्रि ईयरको अनुभव समेतको २० गुणाको हुनुपर्ने ज्ञापनपत्र मार्फत माँग गरिएको छ । 
    ज्ञापनपत्र मार्फत निर्माण ब्यबसायीहरूको लागि सार्वजनिक खरिद छैठौ संशोधन नियमावली ०७५ मा गरिएको संशोधनहरू ७ दिन भित्र संशोधन वा खारेज नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ । 
    आन्दोलनका कार्यक्रम अन्तरगत निर्माण ब्यवसायीहरूको ईजाजत पत्र समेत सरकारलाई बुझाउने, सम्पुर्ण कार्यालयबाट प्रकाशित भएका बोलपत्रहरू बहिष्कार गर्ने, हाल संचालनमा रहेका बिकास निर्माणका कार्यहरू रोकी, हेबी यन्त्र उपकरण सडकमा राख्ने लगायतका बिरोध कार्यक्रम संचालन गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता
कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता
राजपा र फोरम एकीकरणको अपरिहार्यता  
होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील 
होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील 
एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादी पक्राउ, भन्सार छलीका ४६ लाख बराबरको मालसामान जफ्त
एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादी पक्राउ, भन्सार छलीका ४६ लाख बराबरको मालसामान जफ्त
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपाल भारत मैत्री संघद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
नेपाल भारत मैत्री संघद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव
लोसपाका वरिष्ठ नेता महतो गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने
लोसपाका वरिष्ठ नेता महतो गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने
छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा प्रदान गरिने
छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा प्रदान गरिने