दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
प्रेमीसँग मिलेर आफ्नै डेढ वर्षिया अवोध छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला सुनाएको छ ।
२०७३ साउन १२ गते पति सुर्यनारायण मण्डलको सम्बन्धबाट जन्मिएकी डेढ वर्षिया छोरी प्रमिलाको हत्या गरेको अभियोगमा सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुर निवासी रानी देवी मण्डल र उनका प्रेमी सोही गाउँपालिका निवासी शिवशंकर मालीलाई सप्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
सूर्यनारायणको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी शिवशंकर र रानी भएको कर्तव्य ज्यान मुद्दा उपर शुक्रवार भएको सुनवाईमा न्यायाधिश हरिशचन्द्र ढुंगानाको एकल इजलासले सो फैसला गरेको हो ।
प्राप्त घटना विवरण अनुसार पति सूर्यनारायण मण्डल रोजगारीको शिलशिलामा विदेशमा रहेका बेला रानी छिमेकी शिवशंकर मालीसँग प्रेम सम्बन्धमा गाँसिएकी थिईन । प्रेम सम्बन्ध गहिरीदै गएपछि पति सूर्यनारायण मण्डलबाट जन्मिएकी छोरी प्रमिलालाई रानी र उनका प्रेमी शिवशंकर मिलेर हत्या गरी खाँडो खोलामा बगाएका थिए ।
शिवशंकर र रानी मिली डेढ वर्षिय प्रमिलाको हत्या गरी खाँडो खोलामा बगाएको पुष्टि भएको र शव लुकाउने नियत समेत देखिएकोले जन्मकैद सँगै थप ६ महिना कैद सजाय हुने ठहर गरिएको फैसलामा उल्लेख गरिएको छ ।
आफ्नै छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैद
सारांश
- २०७३ साउन १२ गते पति सुर्यनारायण मण्डलको सम्बन्धबाट जन्मिएकी डेढ वर्षिया छोरी प्रमिलाको हत्या गरेको अभियोगमा सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुर निवासी रानी देवी मण्डल र उनका प्रेमी सोही गाउँपालिका निवासी शिवशंकर मालीलाई सप्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
- सूर्यनारायणको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी शिवशंकर र रानी भएको कर्तव्य ज्यान मुद्दा उपर शुक्रवार भएको सुनवाईमा न्यायाधिश हरिशचन्द्र ढुंगानाको एकल इजलासले सो फैसला गरेको हो ।
- प्राप्त घटना विवरण अनुसार पति सूर्यनारायण मण्डल रोजगारीको शिलशिलामा विदेशमा रहेका बेला रानी छिमेकी शिवशंकर मालीसँग प्रेम सम्बन्धमा गाँसिएकी थिईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया