दैनिक समाचारदाता
राजविराज, ३ भदौ ।
सामाजिक क्षेत्रमा क्रियाशिल धर्मीहल्फा महिला विकास क्लब सप्तरीले आगलागीले घरबार विहिन भएका एक परिवारलाई सहयोग गरेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगामा टोलका हरिनारायण यादवका परिवारलाई आईतवार गाँउ मै पुगी संस्थाका अध्यक्ष एवं समाजसेवी ई. सूर्यनारायण यादवले सहयोग गरेका हुन् । ती परिवार दुई दिन अघि आगलागीले घरबार विहिन भएका थिए ।
आगलागीले तीन वटा फुसको संरचना भएका घर, भाडाकुडा, फर्निचर, लत्ताकपडा र खाद्यान्न गुमाएर विचल्लीमा परेका यादव परिवारलाई तत्कालिन राहत स्वरुप भाडाकुडा, खाद्यान्न, लत्ताकपडा, झुल लगायतका राहत समाग्री उपलब्ध गराइएको छ ।
सो अवसरमा पीडित परिवारका साथै स्थानीय समाजसेवी गोपीकृष्ण यादव, पिताम्बर यादव, निरज यादव लगायतको उपस्थिती रहेको थियो ।
अग्नीपीडितलाई सहयोग
सारांश
- सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगामा टोलका हरिनारायण यादवका परिवारलाई आईतवार गाँउ मै पुगी संस्थाका अध्यक्ष एवं समाजसेवी ई.
- सूर्यनारायण यादवले सहयोग गरेका हुन् ।
- ती परिवार दुई दिन अघि आगलागीले घरबार विहिन भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया