हात्तिले आधा दर्जन बढी घर भत्कायो

राजविराज राजविराज
|
आइतबार, मंसिर २१, २०७७
|
|
७३ पटक हेरिएको
Shares
हात्तिले आधा दर्जन बढी घर भत्कायो

सारांश

  •     चार÷पाच वटा हात्तिको समूहले शम्भुनाथ नगरपालिका २ का मो.
  • जाहागिर, मो.
  • असराद्दिन, मो.

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर । 
    कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तिले शनिबार राती सप्तरीको शम्भुनाथ नगरपालिकाको आधा दर्जन घर भत्काउनुका साथै लाखौंको अन्नबाली नष्ट गरेको छ । हात्तिको समूहले शम्भुनाथ नगपालिका वडा नं. २ र ७ मा आधा दर्जनभन्दा बढी फुसको संरचना भएको घर भत्किनुका साथै लाखौंको खाद्यान्न र खेतमा लगाइएका अन्नबाली नष्ट गरेको हो ।
    चार÷पाच वटा हात्तिको समूहले शम्भुनाथ नगरपालिका २ का मो. जाहागिर, मो. असराद्दिन, मो. हजरादिन तथा वडा न. ७ का सिमरित दास, सुकमार दास, भिम दास, राजकुमार दास, काशीकुमार दास लगायतको घर भत्काइदिएको पीडितहरुले बताएका छन् । 
    हात्तिको आंतकपछि गाउँले त्रासमा जाग्राम बस्न थालेका छन् । सो क्षेत्रका बालबालिका पनि घर बाहिर निस्कन डर मानिरहेका छन् ।
    हात्ति आंतकबाट सर्वाधिक प्रभावित मानिएको शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, सप्तकोशी नगरपालिका, खडक नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाका बासिन्दाहरुले वर्षौदेखी नियन्त्रण र क्षतिपूर्ती माँग गर्दैै स्थानिय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आएका छन् । तर यसतर्फ हालसम्म कुनै ठोस पहल नभएको उनीहरुको गुनासो छ । 
    कोशी टप्पु बन्य जन्तु आरक्षका हात्तिले ६ महिना यता मात्रै जिल्लामा दुई दर्जन भन्दा बढी घर भत्काएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई सातापछि भारतबाट बालक रामको उद्धार
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा अनुगमन
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा अनुगमन
स्ववियु पदाधिकारीको पदस्थापन तथा प्रमाणपत्र बितरण 
स्ववियु पदाधिकारीको पदस्थापन तथा प्रमाणपत्र बितरण 
सप्तरीको समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक, प्रतिनिधि र प्रदेशसभा दुबैमा जनमत पहिलो
सप्तरीको समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक, प्रतिनिधि र प्रदेशसभा दुबैमा जनमत पहिलो
भारतीय नम्बरको गाडीबाट नक्कली नेपाली नोटसहित दुई पक्राउ 
भारतीय नम्बरको गाडीबाट नक्कली नेपाली नोटसहित दुई पक्राउ 
दलित समुदाय माथि छुवाछुत कायम रहेसम्म समृद्ध नेपाल हुनसक्दैन ः मुख्यमन्त्री राउत 
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु
ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी  रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन
ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी  रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन