दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तिले शनिबार राती सप्तरीको शम्भुनाथ नगरपालिकाको आधा दर्जन घर भत्काउनुका साथै लाखौंको अन्नबाली नष्ट गरेको छ । हात्तिको समूहले शम्भुनाथ नगपालिका वडा नं. २ र ७ मा आधा दर्जनभन्दा बढी फुसको संरचना भएको घर भत्किनुका साथै लाखौंको खाद्यान्न र खेतमा लगाइएका अन्नबाली नष्ट गरेको हो ।
चार÷पाच वटा हात्तिको समूहले शम्भुनाथ नगरपालिका २ का मो. जाहागिर, मो. असराद्दिन, मो. हजरादिन तथा वडा न. ७ का सिमरित दास, सुकमार दास, भिम दास, राजकुमार दास, काशीकुमार दास लगायतको घर भत्काइदिएको पीडितहरुले बताएका छन् ।
हात्तिको आंतकपछि गाउँले त्रासमा जाग्राम बस्न थालेका छन् । सो क्षेत्रका बालबालिका पनि घर बाहिर निस्कन डर मानिरहेका छन् ।
हात्ति आंतकबाट सर्वाधिक प्रभावित मानिएको शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, सप्तकोशी नगरपालिका, खडक नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाका बासिन्दाहरुले वर्षौदेखी नियन्त्रण र क्षतिपूर्ती माँग गर्दैै स्थानिय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आएका छन् । तर यसतर्फ हालसम्म कुनै ठोस पहल नभएको उनीहरुको गुनासो छ ।
कोशी टप्पु बन्य जन्तु आरक्षका हात्तिले ६ महिना यता मात्रै जिल्लामा दुई दर्जन भन्दा बढी घर भत्काएको प्रहरी तथ्याङ्कले देखाएको छ ।
हात्तिले आधा दर्जन बढी घर भत्कायो
सारांश
- चार÷पाच वटा हात्तिको समूहले शम्भुनाथ नगरपालिका २ का मो.
- जाहागिर, मो.
- असराद्दिन, मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया