वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी

राजविराज राजविराज
|
मंगलबार, पौष १३, २०७८
|
|
५८ पटक हेरिएको
Shares
वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • ११ का वडा अध्यक्ष मोहि यादवको नेतृत्वमा एक टोलीले गत शनिबार आफ्ना नेता कार्यकर्तामाथी आक्रमण र कार्यक्रम स्थलमा तोडफोड गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले आइतबारदेखी सडक आन्दोलनमा छन् ।
  •       यता मंगलबार उक्त नगरपालिकाका सबै १४ वटै वडाका वडा अध्यक्षले आ–आफ्नो वडा कार्यालयमा तालाबन्दी गरि सोको साँचो नगर प्रमुख शैलेश प्रसाद साहलाई बुझाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 
    आफ्नो नेता कार्यकर्तामाथी आक्रमण गर्ने एक वडा अध्यक्षमाथी कारवाही गर्न माग गर्दै जनमत पार्टीले सुरु गरेको सडक अन्दोलनलाई लक्षित गर्दै वडा अध्यक्षहरु पनि आन्दोलनमा उत्रेका छन् । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मोहि यादवको नेतृत्वमा एक टोलीले गत शनिबार आफ्ना नेता कार्यकर्तामाथी आक्रमण र कार्यक्रम स्थलमा तोडफोड गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले आइतबारदेखी सडक आन्दोलनमा छन् । 
    यता मंगलबार उक्त नगरपालिकाका सबै १४ वटै वडाका वडा अध्यक्षले आ–आफ्नो वडा कार्यालयमा तालाबन्दी गरि सोको साँचो नगर प्रमुख शैलेश प्रसाद साहलाई बुझाएका छन् । उनीहरुले नगर प्रमुख साहलाई एक ज्ञापनपत्र समेत बुझाउँदै उक्त घटनामा जनमत पार्टीका कार्यकर्ता दोषि रहेकाले कारवाहीका लागि पहल गर्न माग गरेका छन् । 
    जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र पत्रकार महासंघ सप्तरीलाई बोदार्थसमेत दिइएको उक्त ज्ञापनपत्रमा गत शनिबार आयोजित जनमत पार्टीको कोणसभाका क्रममा वडा नं ११ वडा अध्यक्ष मोही यादवलाई गालिगलौज गरेको तथा वडा नं. १० वडा अध्यक्ष श्रवण मण्डलको घरमै पसि उनीमाथी हातपात गरेको उल्लेख गरेका छन् । 
    यसबारे प्रहरीमा उजुरी दिँदा पनि हालसम्म कुनै कारवाही नभएकाले बाध्य भई वडा कार्यालयहरुमा तालाबन्दी गरिएको र तत्काल कारवाही नगरिए बुधबार हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालयमा समेत तालाबन्दी गरि आन्दोलन चर्काउने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।   
    यता जनमत पार्टीका जिल्ला सचिव थानेश्वर साहले वडा अध्यक्षको आन्दोलनले आफू चकित परेको बताए । उनले वडा अध्यक्षको आन्दोलनलाई नौंटंकी संज्ञा दिँदै भने, “हाम्रो नेता कार्यकर्तामाथी आक्रमण गर्ने र पक्राउ पर्ने डरले उल्टै आन्दोलनको नाटक गर्ने काम मात्र हो ।”
    आन्दोलनकै क्रममा जनमत पार्टीका नेता कार्यकर्ता सम्मिलित एक जुलुस मंगलबार प्रहरी चौकी हनुमाननगर पुगि दोषिलाई कारवाही गर्न माग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महदेवाका हजरत अस्पताल परिसरमै लुटिए
महदेवाका हजरत अस्पताल परिसरमै लुटिए
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
विवाह होइन्, टिकोटालो मात्र भएको डा. देव दाबी, करिश्मा भन्छिन ः टिकोटालो मात्र होइन विवाह पनि भएको हो 
विवाह होइन्, टिकोटालो मात्र भएको डा. देव दाबी, करिश्मा भन्छिन ः टिकोटालो मात्र होइन विवाह पनि भएको हो 
भूमिहीनको समस्या आफ्नै कार्यकालमा  समाधान गर्ने ः अध्यक्ष झा 
भूमिहीनको समस्या आफ्नै कार्यकालमा  समाधान गर्ने ः अध्यक्ष झा 
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन
औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित 
औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित 
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
शान्ति सुरक्षादेखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छु ः प्रजिअ खनाल
शान्ति सुरक्षादेखी प्रभावकारी सेवा दिन प्रतिबद्ध छु ः प्रजिअ खनाल
मोटरसाइकल ठोक्किदा एकको ज्यान गयो
मोटरसाइकल ठोक्किदा एकको ज्यान गयो