मोटरसाइकल ठोक्किदा एकको ज्यान गयो

राजविराज राजविराज
|
शनिबार, फाल्गुन ६, २०७९
|
|
५७ पटक हेरिएको
Shares
मोटरसाइकल ठोक्किदा एकको ज्यान गयो

सारांश

  •     शुक्रवार विहान भएको सो दुर्घट्नामा राजविराज नगरपालिका ११ निवासी बालेश्वर यादवका २४ वर्षिय छोर प्रदिप कुमार यादवको ज्यान गएको हो ।
  •       वैवाहिक कार्यक्रम सकेर मामाघर डिमनबाट फर्किदै गर्दा महदेवा गाउँपालिका सडकखण्डमा विजुलीको पोलमा उनी सवार को२८प ६५८६ नम्बरको मोटर साइकल ठोकिएको प्रहरीले जनाएको छ ।
  •       टाउको र छातीमा गम्भीर चोट लागेका उनलाई उपचारका लागी स्थानीय गजेन्द्र नारायण सिह अस्पताल पु¥याइएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ५ फागुन । 

    मामाको घरबाट वैवाहिक कार्यक्रममा सहभागी भई फर्किदै गरेको अवस्थामा मोटरसाईकल दुर्घट्नामा परी एक जनाको ज्यान गएको छ । 
    शुक्रवार विहान भएको सो दुर्घट्नामा राजविराज नगरपालिका ११ निवासी बालेश्वर यादवका २४ वर्षिय छोर प्रदिप कुमार यादवको ज्यान गएको हो । 
    वैवाहिक कार्यक्रम सकेर मामाघर डिमनबाट फर्किदै गर्दा महदेवा गाउँपालिका सडकखण्डमा विजुलीको पोलमा उनी सवार को२८प ६५८६ नम्बरको मोटर साइकल ठोकिएको प्रहरीले जनाएको छ । 
    टाउको र छातीमा गम्भीर चोट लागेका उनलाई उपचारका लागी स्थानीय गजेन्द्र नारायण सिह अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ । मृतकको शवको पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाई घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?