दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
मामाको घरबाट वैवाहिक कार्यक्रममा सहभागी भई फर्किदै गरेको अवस्थामा मोटरसाईकल दुर्घट्नामा परी एक जनाको ज्यान गएको छ ।
शुक्रवार विहान भएको सो दुर्घट्नामा राजविराज नगरपालिका ११ निवासी बालेश्वर यादवका २४ वर्षिय छोर प्रदिप कुमार यादवको ज्यान गएको हो ।
वैवाहिक कार्यक्रम सकेर मामाघर डिमनबाट फर्किदै गर्दा महदेवा गाउँपालिका सडकखण्डमा विजुलीको पोलमा उनी सवार को२८प ६५८६ नम्बरको मोटर साइकल ठोकिएको प्रहरीले जनाएको छ ।
टाउको र छातीमा गम्भीर चोट लागेका उनलाई उपचारका लागी स्थानीय गजेन्द्र नारायण सिह अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ । मृतकको शवको पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाई घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल ठोक्किदा एकको ज्यान गयो
सारांश
- शुक्रवार विहान भएको सो दुर्घट्नामा राजविराज नगरपालिका ११ निवासी बालेश्वर यादवका २४ वर्षिय छोर प्रदिप कुमार यादवको ज्यान गएको हो ।
- वैवाहिक कार्यक्रम सकेर मामाघर डिमनबाट फर्किदै गर्दा महदेवा गाउँपालिका सडकखण्डमा विजुलीको पोलमा उनी सवार को२८प ६५८६ नम्बरको मोटर साइकल ठोकिएको प्रहरीले जनाएको छ ।
- टाउको र छातीमा गम्भीर चोट लागेका उनलाई उपचारका लागी स्थानीय गजेन्द्र नारायण सिह अस्पताल पु¥याइएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया