दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो

राजविराज राजविराज
|
बिहिबार, भाद्र ३, २०७८
|
|
७९ पटक हेरिएको
Shares
दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो

सारांश

  •     यसअघि जिल्लामा गत आ.
  • ब.
  • २०७७/७८ मा नदी, खोला, पोखरी, खाल्डो तथा नालामा डुबेर १४ बालबालिकासहित २७ जनाको मृत्यु भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३ भदौं । 
    सप्तरीमा चालु आर्थिक वर्षको एक महिना ३ दिनको अवधीमा डुबेर दुई बालबालिकासहित ५ जनाको ज्यान गएको छ । 
    यसअघि जिल्लामा गत आ.ब. २०७७/७८ मा नदी, खोला, पोखरी, खाल्डो तथा नालामा डुबेर १४ बालबालिकासहित २७ जनाको मृत्यु भएको थियो । 
    यसैबीच बिहीबार जिल्लाको महदेवा गाउँपालिका ४ बस्ने सुवन कामैतकी ५ वर्षिया छोरी सोनमको नुहाउने क्रममा ज्यान गएको छ । आमासँग पोखरीमा नुहाउँदै गरेकी ती अवोध बालिकाको डुबेर ज्यान गएको हो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार घर नजिकै रहेको खुदन तिवारीको पोखरीमा आमासँग नुहाउँदै गरेको बेला अचानक डुबेर मृत्यु भएको हो । 
    आमाले आवश्यक सतर्कता र निगरानी गर्न नसक्दा सो दु:खद घटना भएको उनको भनाई छ । घटना बारे थाहा पाएपछि पुगेको प्रहरी टोलीले मृतक बालिकाको शव आवश्यक कानुनी प्रक्रियाका साथ पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पुर्‍याएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्क अनुसार २०७७ असारमा २, साउनमा १, भदौंमा २, असोजमा ३, कात्तिकमा २, मंसिर, पुस र माघमा क्रमश १/१, फागुनमा ३ जनाको पोखरीमा डुबेर ज्यान गएको छ । यस्तै २०७८ बैशाखमा २ र जेठमा ४ जना गरि २२ जनाको पोखरीमा डुबेर मृत्यु भएको छ । 
    यता अभिभावकले निगरानी गर्न नसक्दा यस्ता अप्रिय घटना बढेकोमा चिन्ता व्यक्त गर्दै प्रहरी उपरिक्षक राजेन्द्र धमलाले यसतर्फ अभिभावक जिम्मेवार बन्नु पर्नेमा जोड दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी