दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो

राजविराज राजविराज
|
बिहिबार, भाद्र ३, २०७८
|
|
४३ पटक हेरिएको
Shares
दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो

सारांश

  •     यसअघि जिल्लामा गत आ.
  • ब.
  • २०७७/७८ मा नदी, खोला, पोखरी, खाल्डो तथा नालामा डुबेर १४ बालबालिकासहित २७ जनाको मृत्यु भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३ भदौं । 
    सप्तरीमा चालु आर्थिक वर्षको एक महिना ३ दिनको अवधीमा डुबेर दुई बालबालिकासहित ५ जनाको ज्यान गएको छ । 
    यसअघि जिल्लामा गत आ.ब. २०७७/७८ मा नदी, खोला, पोखरी, खाल्डो तथा नालामा डुबेर १४ बालबालिकासहित २७ जनाको मृत्यु भएको थियो । 
    यसैबीच बिहीबार जिल्लाको महदेवा गाउँपालिका ४ बस्ने सुवन कामैतकी ५ वर्षिया छोरी सोनमको नुहाउने क्रममा ज्यान गएको छ । आमासँग पोखरीमा नुहाउँदै गरेकी ती अवोध बालिकाको डुबेर ज्यान गएको हो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार घर नजिकै रहेको खुदन तिवारीको पोखरीमा आमासँग नुहाउँदै गरेको बेला अचानक डुबेर मृत्यु भएको हो । 
    आमाले आवश्यक सतर्कता र निगरानी गर्न नसक्दा सो दु:खद घटना भएको उनको भनाई छ । घटना बारे थाहा पाएपछि पुगेको प्रहरी टोलीले मृतक बालिकाको शव आवश्यक कानुनी प्रक्रियाका साथ पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पुर्‍याएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्क अनुसार २०७७ असारमा २, साउनमा १, भदौंमा २, असोजमा ३, कात्तिकमा २, मंसिर, पुस र माघमा क्रमश १/१, फागुनमा ३ जनाको पोखरीमा डुबेर ज्यान गएको छ । यस्तै २०७८ बैशाखमा २ र जेठमा ४ जना गरि २२ जनाको पोखरीमा डुबेर मृत्यु भएको छ । 
    यता अभिभावकले निगरानी गर्न नसक्दा यस्ता अप्रिय घटना बढेकोमा चिन्ता व्यक्त गर्दै प्रहरी उपरिक्षक राजेन्द्र धमलाले यसतर्फ अभिभावक जिम्मेवार बन्नु पर्नेमा जोड दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी
सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी
प्रथम मेयर गोल्डकप सुरु
प्रथम मेयर गोल्डकप सुरु
प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता,  बैशाख ५ देखी प्रतियोगिता हुने
प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता,  बैशाख ५ देखी प्रतियोगिता हुने
सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ६ दिनमा पाँचको मृत्यु
सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ६ दिनमा पाँचको मृत्यु
प्रहरी दिवसको अवसरमा सरसफाई र बृक्षारोपन
प्रहरी दिवसको अवसरमा सरसफाई र बृक्षारोपन
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
औषधी पसलमा अनुगमन टोली आएपछि धमाधम “सटर डाउन”
औषधी पसलमा अनुगमन टोली आएपछि धमाधम “सटर डाउन”
मिटरब्याजी रामदेव साहका छोराछोरी जेल चलान 
मिटरब्याजी रामदेव साहका छोराछोरी जेल चलान 
भिम बाँध पुनः निर्माण, मर्मत सम्भारको सन्दर्भ 
भिम बाँध पुनः निर्माण, मर्मत सम्भारको सन्दर्भ 
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप लिग सुरु उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक बिजयी
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप लिग सुरु उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक बिजयी