दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट आएका जंगली हात्तीले सप्तरीको अग्नीसाईर कृष्णाशवरण गाउँपालिका र कंचनरुप नगरपालिका क्षेत्रमा एक दर्जन बढी घरमा क्षति पु¥याएको छ । जसकारण स्थानिय त्रासमा छन्् ।
हात्तीले आतंक मचाउँदै शनिबार सो गाउँपालिकाको ७, आईतबार ६ घरमा तथा आइतबारै कंचनरुप नगरपालिका ६ जमुवा टोलमा एक घरमा क्षति पु¥याएको छ ।
दुई दिनको अवधिमा जंगली हात्तीले सो गाउँपाकिलाको वडा ६ स्थित तिलक खतरी, कमान सिंह मगर, रोमा परियार, दुखी यादव, सत्य नारायण मण्डल, आनन्द सदा, पंचु सदा, मंजु कार्की लगायत १३ घरमा क्षति पु¥याएको छ भने २० विघा भन्दा बढी जमिनमा लगाईएको धान र तरकारी बाली नष्ट गरेको पीडितहरुले बताएका छन्् ।
त्यस्तै कंचनरुपका धनेश्वर चौधरीको घरमा दुई वटा जंगली हातीहरुले फुसको भान्सा घर भत्काई अन्नपात समेत खाएका छन्् ।
सो घटनामा मानविय क्षति भने नभएको डिएसपी तिलक भारतीले बताए । बस्ती आसपास जङगल भएकाले र जङगली हात्तीको बासस्थल पनि बन्ने गरेकाले पटक पटक हात्तीको आतंक सहनु परेको स्थानिय मंजु देवी सदाले बताईन ।
हात्तीको एकपछि अर्को आतंक पछि गाउँले त्रासमा जाग्राम बस्न थालेका छन्् । हात्तीले अन्नबाली र घरमा क्षति पु¥याउन थालेपछि आफुहरुको भोक र निन्द्रा दुवै हरेको स्थानिय सत्य नारायण मण्डलले सुनाए ।
जंगली हात्तीद्वारा एक दर्जन बढी घरमा क्षति
सारांश
- हात्तीले आतंक मचाउँदै शनिबार सो गाउँपालिकाको ७, आईतबार ६ घरमा तथा आइतबारै कंचनरुप नगरपालिका ६ जमुवा टोलमा एक घरमा क्षति पु¥याएको छ ।
- दुई दिनको अवधिमा जंगली हात्तीले सो गाउँपाकिलाको वडा ६ स्थित तिलक खतरी, कमान सिंह मगर, रोमा परियार, दुखी यादव, सत्य नारायण मण्डल, आनन्द सदा, पंचु सदा, मंजु कार्की लगायत १३ घरमा क्षति पु¥याएको छ भने २० विघा भन्दा बढी जमिनमा लगाईएको धान र तरकारी बाली नष्ट गरेको पीडितहरुले बताएका छन्् ।
- त्यस्तै कंचनरुपका धनेश्वर चौधरीको घरमा दुई वटा जंगली हातीहरुले फुसको भान्सा घर भत्काई अन्नपात समेत खाएका छन्् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया