यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 

राजविराज राजविराज
|
आइतबार, मंसिर १०, २०८०
|
|
६४ पटक हेरिएको
Shares
यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 

सारांश

  •     गेष्ट हाउसमा यौन धन्दा हुने गरेको सुचनाका आधारमा प्रहरीले राजविराज ३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक राजविराज ६ निवासी ५७ वर्षिय अरुण कुमार मिश्र तथा म्यानेजर सप्तरीको महदेवा गाउँपालिका २ निवासी ४१ वर्षिय राम प्रकाश मण्डललाई शनिबार साँझ पक्राउ गरेको हो ।
  •       संचालक मिश्र र म्यानेजर मण्डलको मिलीभगतमा गेष्ट हाउसमा विभिन्न प्रलोभनमा पारी जबरजस्ती यौन धन्दामा लगाउने गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
  •       पक्राउ परेका संचालक मिश्र र म्यानेजर मण्डललाइ आईतवार सप्तरी जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पोसार कसुर मुद्दामा तीन दिनको म्याद थपि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।

    राजविराजस्थित एक गेष्ट हाउसका संचालक र म्यानेजरलाई यौन धन्दा संचालन गरेको आरोप प्रहरीले पक्राउ गरेको छ । सो गेष्ट हाउसबाट पाँच जना युवती समेत फेला परेका छन् । 
    गेष्ट हाउसमा यौन धन्दा हुने गरेको सुचनाका आधारमा प्रहरीले राजविराज ३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक राजविराज ६ निवासी ५७ वर्षिय अरुण कुमार मिश्र तथा म्यानेजर सप्तरीको महदेवा गाउँपालिका २ निवासी ४१ वर्षिय राम प्रकाश मण्डललाई शनिबार साँझ पक्राउ गरेको हो । 
    संचालक मिश्र र म्यानेजर मण्डलको मिलीभगतमा गेष्ट हाउसमा विभिन्न प्रलोभनमा पारी जबरजस्ती यौन धन्दामा लगाउने गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । 
    पक्राउ परेका संचालक मिश्र र म्यानेजर मण्डललाइ आईतवार सप्तरी जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पोसार कसुर मुद्दामा तीन दिनको म्याद थपि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
    गेष्ट हाउसको कोठाबाट फेला परेका युवती मध्ये चार जना सप्तरीको तथा एक जना सुनसरीको रहेको प्रवक्ता नेउपानेले बताए । उक्त गेष्ट हाउसमा सामुहिक रुपमा राखी यौनजन्य कार्यमा लगाउने गरेको खुल्न आएको प्रहरीको भनाई छ । 
    गेष्ट हाउसमा फेला परेका युवतीहरुलाई आवश्यक सचेतनासहित अभिभावकको जिम्मा लगाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
एकै दिन २३ संक्रमित थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय
एकै दिन २३ संक्रमित थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय
मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि  बढीरहेका छन् : डा. कोइराला
प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि  बढीरहेका छन् : डा. कोइराला
खेलाडी सम्मानित, जेष्ठ नागरिकलाई कम्बल बितरण
खेलाडी सम्मानित, जेष्ठ नागरिकलाई कम्बल बितरण
बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी
बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी
बसपार्क संचालनका लागि १५  दिनभित्र बाँकी काम सक्ने प्रतिबद्धता
बसपार्क संचालनका लागि १५  दिनभित्र बाँकी काम सक्ने प्रतिबद्धता
ज्वाईलाई छोरा बनाई नागरिकता लिन खोज्दा ससुराज्वाई पक्राउ
ज्वाईलाई छोरा बनाई नागरिकता लिन खोज्दा ससुराज्वाई पक्राउ
जिर्ण सडकका कारण ट्रक पल्टियो
जिर्ण सडकका कारण ट्रक पल्टियो