दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
राजविराजस्थित जिल्ला खेलकुद विकास समिति सप्तरीको मुख्य द्वारमा केही पदाधिकारीद्वारा लगाइएको तलाबन्दीका कारण कर्मचारीहरु तलब लिन बिराटनगर पुग्ने गरेका छन् ।
गत जेठ ७ गते लगाइएको ताला आइतवार साढे ३ महिना पुगेको छ । यस अवधिमा समितिद्वारा हुने खेलकुद गतिविधि र दैनिकी कामकाज ठप्प हुनुका साथै पुर्वाधार निर्माणका लागी आएको २० लाख भन्दा बढीको बजेट पनि फ्रिज समेत भएको छ ।
लामो समयदेखि तालाबन्दी कायमै रहँदा समितिका कर्मचारी तथा प्रशिक्षकहरु प्रदेश १ को राजधानी विराटनगरस्थित पूर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको कार्यालयमा पुगी तलब लिन जान बाध्य भएका छन् ।
सप्तरीमा काम गर्ने अनि तलब लिने महिने पिच्छे मोरङको विराटनगर जानु पर्ने बाध्यता आएकोले लाजमर्दो कुरा भएको प्रशिक्षकहरुको भनाई छ । मुल गेटमै तालाबन्दी गरिएका कारण समितिको कम्पाउण्डभित्र रहेको कर्भडहलमा अभ्यास गर्न छिर्न खेलाडी र प्रशिक्षकहरु पर्खाल तानेर भित्र जान बाध्य भएका छन् ।
यति मात्र नभएर समितिमा तालाबन्दीका कारण अन्यत्रका जिल्लामा हुने विभिन्न लेखकुद प्रतियोगितामा सहभागी हुन खेलाडीहरु स्थानिय बजार र विभिन्न संघ संस्थामा चन्दा उठाउन बाध्य छन् । तर, दुर्भाग्य गत ७ जेठ देखि लगाईएको ताला खोल्ने÷खोलाउने तर्फ हाल सम्म कुनै साकारात्मक पहल हुन सकेको छैन । जसकारण खेलाडी, लेखप्रेमी र नागरिक सामाज सवै निरास र आक्रोसित भएका छन् ।
समितिका उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्वमा बहुमत पदाधिकारी मिलेर समितिको मुल गेटमै तालाबन्दी गरेका हुन । समितिको बैठकमा बहुमत पदाधिकारीद्वारा गरिने निर्णय कार्यान्वयन हु्नुपर्ने, २०७१÷०७२ देखि सार्वजनिक नगरिएको आय व्यय सार्वजनिक गर्नुपर्ने, समितिको खाता प्रमुख र कोषाध्यक्षको संयुक्त नामबाट संचालन हुनुपर्ने लगायतका माग राखि गत ७ जेठमा तालाबन्दी गरिएको थियो ।
समितिका सबै पदाधिकारी सत्तापक्षिय नेकपा पार्टी सँग आवद्घ छन । तर, एउटै पार्टीका भएपनि दुई गुटमा बिभाजित भएपछि विवाद सँगै तालाबन्दी पनि लम्बीदै गएको र खेलकुद क्षेत्रलाई ठुलो घाटा भईरहेको भन्दै स्थानिय खेलाडी, खेलप्रेमी तथा नागरिक समाजले अबिलम्भ समस्याको सामाधन खोजी तालाबन्दी खोलाउनु पर्ने माग गरेका छन् ।
तालाबन्दीका कारण खेलकुदका कर्मचारी र प्रशिक्षकले बिराटनगरबाट तलब लिन बाध्य
सारांश
- गत जेठ ७ गते लगाइएको ताला आइतवार साढे ३ महिना पुगेको छ ।
- यस अवधिमा समितिद्वारा हुने खेलकुद गतिविधि र दैनिकी कामकाज ठप्प हुनुका साथै पुर्वाधार निर्माणका लागी आएको २० लाख भन्दा बढीको बजेट पनि फ्रिज समेत भएको छ ।
- लामो समयदेखि तालाबन्दी कायमै रहँदा समितिका कर्मचारी तथा प्रशिक्षकहरु प्रदेश १ को राजधानी विराटनगरस्थित पूर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको कार्यालयमा पुगी तलब लिन जान बाध्य भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया