तिलाठीको दुई विद्यालयमा नयाँ भवन निर्माण हुदै 

राजविराज राजविराज
|
बुधबार, माघ २८, २०७७
|
|
७५ पटक हेरिएको
Shares
तिलाठीको दुई विद्यालयमा नयाँ भवन निर्माण हुदै 

सारांश

  •     उक्त गाउँपालिकाको वडा नं.
  • ४ स्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बुधबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका हुन् ।
  •       एक करोड २५ लाख २७ हजार ९ सय ९६ रुँपैयाको लागतमा सो विद्यालयमा ६ कोठे दुई तल्ले भवन बन्ने र टेण्डर प्रक्रिया समेत अघि बढिसकेको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २८ माघ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित दुई विद्यालयमा नयाँ भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ । 
    उक्त गाउँपालिकाको वडा नं. ४ स्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बुधबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका हुन् ।  
    एक करोड २५ लाख २७ हजार ९ सय ९६ रुँपैयाको लागतमा सो विद्यालयमा ६ कोठे दुई तल्ले भवन बन्ने र टेण्डर प्रक्रिया समेत अघि बढिसकेको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिए । 
    यस्तै वडा नं. १ स्थित तिलाठी माविमा बन्ने ६ कोठे दुई तल्ले भवनको शिलान्यास भने बिहीबार अध्यक्ष यादवद्वारा नै शिलान्यास गरिने कार्यक्रम तय भएको अध्यक्ष सिंहले बताए । 
    अध्यक्ष यादवको पहलमा आफ्नो संसदीय निर्वाचन क्षेत्रको विकासका लागि स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत उक्त दुबै विद्यालयमा नयाँ भवन निर्माण हुन लागेको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश झाले बताए । 
    सो अवसरमा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह, राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा २५ जना विपन्न महिलालाई साडी वितरण
सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा २५ जना विपन्न महिलालाई साडी वितरण
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
आगो लगाएको भन्दै वहालवाला सशस्त्र प्रहरी समेतको संलग्नता कुटपिट ः पीडित परिवार
रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु
रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु
धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रेस युनियनको आग्रह 
धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रेस युनियनको आग्रह 
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित
सप्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु
सप्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु
दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्नमा जोड
दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्नमा जोड
लेनदेन विगो मुद्दाका फरार महिला प्रतिवादी पक्राउ
लेनदेन विगो मुद्दाका फरार महिला प्रतिवादी पक्राउ