धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रेस युनियनको आग्रह 

राजविराज राजविराज
|
बुधबार, श्रावण १६, २०८१
|
|
२१ पटक हेरिएको
Shares
धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रेस युनियनको आग्रह 

सारांश

  •     प्रेस युनियनका केन्द्रिय महासचिव दिलीप पौडेलले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भ्रष्टाचार सम्बन्धी समाचार लेखेको आधारमा महादेवा गाउँपालिकाका स्थानीय ठेकेदार अभिशेक मण्डलले पत्रकार गुप्तालाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको उल्लेख छ ।
  •       विज्ञप्तिमा भनिएको छ, “समाचार लेखेको आधारमा पत्रकारलाई ज्यान लिनसम्मको धम्की दिने कार्य निन्दनीय छ ।
  • समाचारका विषयमा चित्त नबुझेको अवस्थामा काुनी उपचारमा जान सकिने बाटो हुँदाहुँदै कानुन हातमा लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरी पत्रकारलाई धम्की दिएर त्रसित पार्ने कार्यको नेपाल प्रेस युनियन घोर भत्र्सना गर्दछ ।

दैनिक समाचारदाता
राजविराज, १६ साउन ।

    नेपाल प्रेस युनियन केन्द्रिय समितिले प्रेस युनियन सप्तरीका उपाध्यक्ष एवं राजविराज दैनिक पत्रिका पत्रकार नवीनकुमार गुप्तामाथी स्थानीय ठेकेदारले ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
    प्रेस युनियनका केन्द्रिय महासचिव दिलीप पौडेलले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भ्रष्टाचार सम्बन्धी समाचार लेखेको आधारमा महादेवा गाउँपालिकाका स्थानीय ठेकेदार अभिशेक मण्डलले पत्रकार गुप्तालाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको उल्लेख छ । 
    विज्ञप्तिमा भनिएको छ, “समाचार लेखेको आधारमा पत्रकारलाई ज्यान लिनसम्मको धम्की दिने कार्य निन्दनीय छ । समाचारका विषयमा चित्त नबुझेको अवस्थामा काुनी उपचारमा जान सकिने बाटो हुँदाहुँदै कानुन हातमा लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरी पत्रकारलाई धम्की दिएर त्रसित पार्ने कार्यको नेपाल प्रेस युनियन घोर भत्र्सना गर्दछ ।”
    घटनाको छानबिन गरी पत्रकार गुप्तालाई धम्की दिने मण्डललाई तत्काल कानुनी दायरामा ल्याउन स्थानीय प्रहरी, प्रशासन समक्ष नेपाल प्रेस युनियनले आग्रह गर्दै विज्ञप्तिमा प्रेस स्वतन्त्रता बिरोधी यस्ता कार्य भविष्यमा नदोहरिन भन्नेतर्फ सचेत गराउँदै संचारकर्मीलाई निर्वाध रुपमा समाचार संकलन गर्ने वातावरण सिर्जन ागर्न प्रेस युनियनले सम्बन्धित पक्षको ध्यान आकृष्ट गराएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यान्सरका कारण थलिए शिवा, राज्यले वास्ता गरेन 
क्यान्सरका कारण थलिए शिवा, राज्यले वास्ता गरेन 
एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै
एक महिनादेखी जडिबुटी मिश्रित काढा बितरण गरिदै
माध्यमिक शिक्षा परीक्षा र हाम्रो दायित्व
माध्यमिक शिक्षा परीक्षा र हाम्रो दायित्व
म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
छोराछोरीलाई डाक्टर, ईन्जिनियर मात्र बनाउन खोज्ने  प्रबृतीले समाजको बिकास हुन सक्दैन ः डा. राउत 
छोराछोरीलाई डाक्टर, ईन्जिनियर मात्र बनाउन खोज्ने  प्रबृतीले समाजको बिकास हुन सक्दैन ः डा. राउत 
मेलम्ची खानेपानी आयोजनामा शम्भुनाथका दाजुभाईको मृत्यु 
मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी
मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी
लागुऔषध गाँजासहित दुई पक्राउ
लागुऔषध गाँजासहित दुई पक्राउ
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता