दैनिक समाचारदाता
राजविराज, १७ पुस ।
मधेश प्रदेशसभा सदस्यहरुले पहिलो पटक जिल्ला भरीकै कार्यालय प्रमुखहरुको भेला गराई कार्यालय संचालनमा आउने समस्या र त्यसलाई सुधारका लागि पहल थालिने बताएका छन् ।
सप्तरी क्षेत्र नं. २ को १ र २ बाट निर्वाचित प्रदेशसभा सदस्यद्वय सतिश कुमार सिंह र महेश प्रसाद यादवले संयुक्त रुपमा कार्यालय संचालनमा आउने समस्या र त्यसलाई समाधानका लागि पहल थालिने प्रतिबद्धता जनाएका छन् । नवनिवार्चित दुबै प्रदेशसभा सदस्य हालै सम्पन्न प्रदेशसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका तर्फबाट उम्मेदवार रहेका थिए ।
प्रदेशसभाद्वयसहित प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा समेतको समन्वयमा आईतवार राजविराजमा सबै सरकारी कार्यालयका प्रमुख तथा पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुको भेला डाकेर यस्तो पहल थालेका हुन् ।
जनतालाई चुस्तदुरुस्त सेवा प्रवाहका लागि पहिले कार्यालय प्रमुखहरुबाट समस्याबारे जानकारी लिने र त्यसपछि आवश्यक पहल गरिने प्रदेशसभा सदस्यद्वय सिंह र यादवले बताए ।
प्रदेशसभा सदस्य सिंह र यादवका साथै प्रमुख जिल्ला अधिकारी थापाले सो बैठकमा जनतालाई सेवा प्रवाहमा सुधार ल्याई गुनासो नआओस भनी ध्यानाकर्षण गराएका थिए । बैठकमा अधिकांश कार्यालय प्रमुखहरुले कर्मचारी र बजेटको चरम अभावका कारण काममा समस्या परिरहेको लाचारी ब्यक्त गर्दै यस तर्फ आवश्यक पहल गर्न आग्रह गरेका थिए ।
बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले कार्यालयमा सिटामोल सम्म किन्ने बजेट नहुँदा स्थानीयतह र प्रदेश सरकारको मुख ताकेर वस्नु परेको गुनासो पोखे । उनले कतैबाट बजेट नआउदा एक पत्ता सिटामोल किन्न पनि विभिन्न पालिका र प्रदेश सरकारसंग सहयोगका लागी आग्रह गरेको गर्दै आएको बताए । उनले ती औषधीलाई गन्तब्यसम्म पु¥याउन ढुवानी भाडा समेत नरहेको लाचारी सुनाए ।
यस्तै नेपाल टेलिकमका शाखा प्रमुख हसन अन्सारीले कर्मचारीको चरम अभावले सेवा प्रवाहमा समस्या भईरहेको गुनासो पोखे । उनले कर्मचारीको चरम अभाव रहेको तथा अर्काे तीर नियमित मोवाइल नेटवर्कका लागि २२ वटा टावर राख्नु पर्नेमा केन्द्रिय कार्यालयले २ वटा टावर मात्र राख्ने स्विकृत दिएको जनाए ।
यसैगरि तिलाठी कोईलाडी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र यादवले कर्मचारीको चरम अभावका कारण सेवा प्रवाहमा समस्या भएको भन्दै प्रदेश लोकसेवा आयोगबाट भएपनि यथासक्य विज्ञापन र रिक्त पदपुर्तीको व्यवस्था मिलाउन पहलका लागि आग्रह गरे ।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले रिक्त रहेको दरबन्दी पदपुर्ती नहुदा र आवश्यक बजेटको अभावमा कृषि क्षेत्रमा समस्या उत्पन्न हुने गरेको बताए । घरेलु तथा साना उधोग कार्यालयका प्रमृुख रेखा यादवले कर्मचारी तथा भौतिक पुर्वाधारको अभावमा सेवा प्रवाह गर्न निकै अप्ठ्यारो भइरहेको भन्दै यसका लागि पहल गर्न ध्यानाकर्षण गराए ।
कार्यक्रमका अधिकाँश सहभागी कार्यालय प्रमुखहरुले कर्मचारी र बजेटको चरम अभाव प्रति ध्यानाकर्षण गराएपछि प्रदेशसभा सदस्यद्वय सिह र यादवले उक्त समस्या समाधानका लागि आफुहरुले प्रदेश देखी केन्द्र सम्म आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो
सारांश
- सप्तरी क्षेत्र नं.
- २ को १ र २ बाट निर्वाचित प्रदेशसभा सदस्यद्वय सतिश कुमार सिंह र महेश प्रसाद यादवले संयुक्त रुपमा कार्यालय संचालनमा आउने समस्या र त्यसलाई समाधानका लागि पहल थालिने प्रतिबद्धता जनाएका छन् ।
- नवनिवार्चित दुबै प्रदेशसभा सदस्य हालै सम्पन्न प्रदेशसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका तर्फबाट उम्मेदवार रहेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया