जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता हुने

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १६, २०७८
|
|
८६ पटक हेरिएको
Shares
जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता हुने

सारांश

  •     सगरमाथा साहित्य परिषद्को संयोजनमा तथा सप्तरीको कञ्चनरुप नगरपालिकाले सर्वाधिक राशीको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो ।
  •          प्रतियोगिताबारे जानकारी गराउँदै उद्देश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगितामा सर्वोत्कृष्ट हुनेले ११ हजार रुपियाँ नगदसहित प्रथम पुरस्कार र प्रमाणपत्र पाउने जानकारी दिइएको छ ।
  •       आयोजित पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष मनोहरकुमारले द्वितीय हुनेलाई ८ हजार रुपियाँ र तृतीय हुनेलाई ५ हजार नगद रुपियाँसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिने जनाए ।

दैनिक समाचारदाता
राजबिराज, १६ फागुन । 
    सगरमाथा साहित्य परिषद्ले फागुन २५ गते सर्वाधिक राशीको जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिता गर्न लागेको जनाएको छ ।
    सगरमाथा साहित्य परिषद्को संयोजनमा तथा सप्तरीको कञ्चनरुप नगरपालिकाले सर्वाधिक राशीको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो ।    
    प्रतियोगिताबारे जानकारी गराउँदै उद्देश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगितामा सर्वोत्कृष्ट हुनेले ११ हजार रुपियाँ नगदसहित प्रथम पुरस्कार र प्रमाणपत्र पाउने जानकारी दिइएको छ । 
    आयोजित पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष मनोहरकुमारले द्वितीय हुनेलाई ८ हजार रुपियाँ र तृतीय हुनेलाई ५ हजार नगद रुपियाँसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिने जनाए ।
    यस्तै शान्तवना पुरस्कार २ जनाले जनही २÷२ हजार र ५ जनाले जनही १÷१ हजारका दरले समतामूलक शान्तवना पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाभरीका सबै शिक्षण संस्थाको सिफारिशमा कक्षा ९–१२ अध्ययनरत माध्यमिक बिद्यालय स्तरका १÷१ छात्र र छात्रा सहभागी गराइने छ ।
    पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा “मेरो सोचाइ र रोजाइका बाआमा”, “मैले खोजेको र रोजेको शिक्षक” तथा “म र मेरो मनोविज्ञान मैत्री विद्यालय” शिर्षकमा व्यावहारिक वक्तृत्वकला हुने जनाइएको छ ।
    पत्रकार सम्मेलनमा उपस्थित कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले शिक्षा, स्वास्थ्य, विकास, सुशासनमा जिल्ला र प्रदेशमै आफ्नो नगरपालिका उत्कृष्ठबाट पुरस्कृत भएकोमा खुशी व्यक्त गरे । अन्य स्थानीय तहमा एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधी खासगरी प्रमुख र उपप्रमुखबीच कुटाकुटको स्थिती रहेकोमा आफ्नो नगरपालिकामा बहुमत अन्य पार्टीकै भएपनि आजसम्म सबै निर्णय र कामहरू सर्वसम्मतीमा भइरहेको दाबी गरे ।
    परिषद्का सल्लाहकार बैद्यनाथ यादवले धन्यवाद ज्ञापन गरेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहित पत्रकारहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी