जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता हुने

राजविराज राजविराज
|
सोमबार, फाल्गुन १६, २०७८
|
|
५५ पटक हेरिएको
Shares
जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता हुने

सारांश

  •     सगरमाथा साहित्य परिषद्को संयोजनमा तथा सप्तरीको कञ्चनरुप नगरपालिकाले सर्वाधिक राशीको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो ।
  •          प्रतियोगिताबारे जानकारी गराउँदै उद्देश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगितामा सर्वोत्कृष्ट हुनेले ११ हजार रुपियाँ नगदसहित प्रथम पुरस्कार र प्रमाणपत्र पाउने जानकारी दिइएको छ ।
  •       आयोजित पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष मनोहरकुमारले द्वितीय हुनेलाई ८ हजार रुपियाँ र तृतीय हुनेलाई ५ हजार नगद रुपियाँसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिने जनाए ।

दैनिक समाचारदाता
राजबिराज, १६ फागुन । 
    सगरमाथा साहित्य परिषद्ले फागुन २५ गते सर्वाधिक राशीको जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिता गर्न लागेको जनाएको छ ।
    सगरमाथा साहित्य परिषद्को संयोजनमा तथा सप्तरीको कञ्चनरुप नगरपालिकाले सर्वाधिक राशीको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो ।    
    प्रतियोगिताबारे जानकारी गराउँदै उद्देश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगितामा सर्वोत्कृष्ट हुनेले ११ हजार रुपियाँ नगदसहित प्रथम पुरस्कार र प्रमाणपत्र पाउने जानकारी दिइएको छ । 
    आयोजित पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष मनोहरकुमारले द्वितीय हुनेलाई ८ हजार रुपियाँ र तृतीय हुनेलाई ५ हजार नगद रुपियाँसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिने जनाए ।
    यस्तै शान्तवना पुरस्कार २ जनाले जनही २÷२ हजार र ५ जनाले जनही १÷१ हजारका दरले समतामूलक शान्तवना पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाभरीका सबै शिक्षण संस्थाको सिफारिशमा कक्षा ९–१२ अध्ययनरत माध्यमिक बिद्यालय स्तरका १÷१ छात्र र छात्रा सहभागी गराइने छ ।
    पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा “मेरो सोचाइ र रोजाइका बाआमा”, “मैले खोजेको र रोजेको शिक्षक” तथा “म र मेरो मनोविज्ञान मैत्री विद्यालय” शिर्षकमा व्यावहारिक वक्तृत्वकला हुने जनाइएको छ ।
    पत्रकार सम्मेलनमा उपस्थित कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले शिक्षा, स्वास्थ्य, विकास, सुशासनमा जिल्ला र प्रदेशमै आफ्नो नगरपालिका उत्कृष्ठबाट पुरस्कृत भएकोमा खुशी व्यक्त गरे । अन्य स्थानीय तहमा एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधी खासगरी प्रमुख र उपप्रमुखबीच कुटाकुटको स्थिती रहेकोमा आफ्नो नगरपालिकामा बहुमत अन्य पार्टीकै भएपनि आजसम्म सबै निर्णय र कामहरू सर्वसम्मतीमा भइरहेको दाबी गरे ।
    परिषद्का सल्लाहकार बैद्यनाथ यादवले धन्यवाद ज्ञापन गरेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहित पत्रकारहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
नागरिकता विधेयक खारेजीको माँग गर्दै महिलाहरुद्वारा प्रदर्शन
शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
राष्ट्रिय  भारोत्तोलन प्रतियोगिता हुँदै
राष्ट्रिय  भारोत्तोलन प्रतियोगिता हुँदै
पदको लोभले मधेशवादी दल फुट्यो ः उपेन्द्र यादव
पदको लोभले मधेशवादी दल फुट्यो ः उपेन्द्र यादव
सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरुद्वारा धर्ना
सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरुद्वारा धर्ना
सिटि रिक्सा र मोटरसाइकल  ठोकिदा एकको मृत्यु
सिटि रिक्सा र मोटरसाइकल  ठोकिदा एकको मृत्यु
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?