किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 

राजविराज राजविराज
|
मंगलबार, कार्तिक ४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 

सारांश

  •     तिलाठी कोईलाडी गाउँपालिका वडा नं.
  • ४ निवासी ३७ वर्षीय इन्द्र मुखियाले हनुमाननगर कंकालिनी नगरपालिका १४ मा संचालन गर्दै आएका किराना पसलमा सोमबार भएको आगलागीबाट घरसहित करिब ३ लाख ७८ हजार रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको हो ।
  •     सोमबार राति मुखियाको पसलमा पेट्रोल हालेर कुपी बाल्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीलेका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक । 

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित एक किराना पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
    तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ४ निवासी ३७ वर्षीय इन्द्र मुखियाले हनुमाननगर कंकालिनी नगरपालिका १४ मा संचालन गर्दै आएका किराना पसलमा सोमबार भएको आगलागीबाट घरसहित करिब ३ लाख ७८ हजार रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको हो ।
    सोमबार राति मुखियाको पसलमा पेट्रोल हालेर कुपी बाल्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीलेका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
    आगलागीबाट करिब २२ हजार रुपैयाँको फ्रिज, ६ हजारको साइकल, ५० हजार बराबरको टिनको छानो, ३० हजार नगद, एक लाख ५० हजारको फर्निचर, ७० हजारको किराना तथा रक्सीका सामान र ५० हजार बराबरको लत्ताकपडा गरी उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    आगो नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा दुई घण्टापछि राति करिब १० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
    त्यसैगरी दिपावली कै साँझ कोईलाडीको कोशी बाँधस्थित गुलट मुखियाको चिया नास्ता र किराना पसलमा सर्ट सर्किट भएर आगलागी भएको छ । आगलागीबाट करिब १० हजार मुल्य बराबरको क्षति भएको बताइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?