“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 

राजविराज राजविराज
|
बिहिबार, भाद्र ९, २०७९
|
|
२० पटक हेरिएको
Shares
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 

सारांश

  •     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित जिरिया हाटमा बिहीबार जनमत पार्टीले आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  •     आमसभालाई सम्बोधन गर्दै डा.
  • राउतले भने, “ती पार्टीहरुले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, संघीय गणतन्त्र ल्याइदिएकोमा धन्यवाद, अहिलेको युगमा जनमत बुलेट टे«न जस्तै पार्टी बन्न गइरहेको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ भदौ ।

    जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विगत ७० वर्षदेखी नेपालको सत्ताशासन चलाइरहेका पार्टीहरुको “डेट एक्सपायर” भइसकेको बताएका छन् । उनले भने “नेपाली काँग्रेस ७० वर्ष, कम्युनिष्ट पार्टी ३० वर्ष र मधेशवादी दल विगत १५ वर्षदेखी सत्तामा रहिरहँदा मुलुकमा भ्रष्टाचारका कारण खोक्रो भइसकेको छ ।”
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित जिरिया हाटमा बिहीबार जनमत पार्टीले आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
    आमसभालाई सम्बोधन गर्दै डा. राउतले भने, “ती पार्टीहरुले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, संघीय गणतन्त्र ल्याइदिएकोमा धन्यवाद, अहिलेको युगमा जनमत बुलेट टे«न जस्तै पार्टी बन्न गइरहेको छ ।” उनले आफु नेतृत्वको पार्टीलाई ‘बुलेट ट्रेन‘ भन्दै यही ट्रेनले मुलुकलाई गन्तव्यमा पु¥याउने दाबी समेत गरे । 
    “थोत्रा गाडीका रुपमा रहेका शासन गरिरहेका दलहरुलाई छाडेर आफुहरुलाई आगामी निर्वाचनमा साथ दिन जनतासँग आग्रह गर्दै उनले भने, विभिन्न राजनीतिक दलले मुलुकमा पालै पालो शासन गरेपनि जनताको अवस्था भने अझै विकराल बन्दै गएको छ ।” शासन गरिसकेका दलहरुबाट अब मुलुकले गति लिन नसक्ने दावीका साथ उनले भने, ‘थोत्रा गाडीबाट यात्रा सुनश्चित हुन सक्दैन, यी दलहरु त्यस्तै थोत्रा गाडी हुन ।‘
    कसैले प्रजातन्त्रको नाममा, कसैले सर्वाहाराका नाममा अनि कसैले मधेशका नाममा अहिलेसम्म जनतालाई झुक्याएर शासन गरेपनि त्यो सबै झुठको पुलिन्दा रहेको बताउँदै उनले ‘राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा नै खाद्यान्नमा आत्मनिर्भर रहेको मधेशमा अहिले अर्बोको धान भारतबाट ल्याउनुपर्ने अवस्था छ भने तिनको झुठको खेतीलाई कति दिन पत्याउने‘ भने ।
    जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि यस अघिनै आफु उम्मेदवार हुने घोषणा गरिसकेको डा. राउतले पार्टीका नेता कार्यकर्तालाई संगठन निर्माण र चुनावको तयारीका लागि जनतामा जान निर्देशन समेत दिए । 
    सप्तरी जिल्ला सचिव थानेश्वर साहद्वारा संचालित आमसभामा पार्टीका केन्द्रीय कोषाध्यक्ष ई. सुर्यनारायण यादव, तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्ष सत्तिश कुमार सिंह लगायतले पनि सभालाई सम्बोधन गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा
नेपाल बैंकका सुरक्षा गार्ड मृत अवस्थामा फेला
नेपाल बैंकका सुरक्षा गार्ड मृत अवस्थामा फेला
तिलाठी कोइलाडीको विशेष गाउँ सभा सम्पन्न
तिलाठी कोइलाडीको विशेष गाउँ सभा सम्पन्न
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी….
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी….
बजाज खडक वारियर्स र राजविराज द किंग्स बिजयी
बजाज खडक वारियर्स र राजविराज द किंग्स बिजयी
दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालकको मृत्यु 
दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालकको मृत्यु 
राजविराज वडा नं. ५ बालविवाह मुक्त वडा घोषणा
राजविराज वडा नं. ५ बालविवाह मुक्त वडा घोषणा
अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै 
अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै 
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि
महिला कैदीको बलात्कारको आरोपमा कारागारकै  कर्मचारीबिरुद्ध पक्राउ पूर्जी जारि