दैनिक समाचारदाता
जनकपुर, ५ जेठ ।
मधेश प्रदेशको समाजिक विकास मन्त्रालयले दलित सशक्तीकरण नियामावली २०७८ संसोधन गर्न बनेको समितिको पहिलो बैठकमा शुक्रबार सम्पन्न भएको छ ।
दलित विकास समितिको कार्यालयमा दलित सशक्तीकरण नियामावली २०७८ मा रहेको सदस्यहरुको काम, कर्तव्य अधिकारसहित सेवासुबिधा लगायत अन्य विषयहरु परिमार्जनको लागि बिहीबार समाजिक विकास मन्त्रालयले भोला पासवानको संयोजकत्वमा ५ सदस्य समिति गठन गरेको थियो ।
समितिका सदस्यहरुमा पूर्व प्रदेश सांसद चमेलीदेवी दास,चन्देश्वर दास,रामो महरा र चन्देश्वर पासवान रहेका छन् ।
सुझाव समितिको संयोजक भोला पासवानको अध्यक्षतामा बसेको पहिलो बैठकले दलित सशक्तिकरण ऐन २०७६ र दलित सशक्तीकरण नियामावली २०७८ मा अध्ययन गरि शनिबार पुन ःबैठक बसेर नियामावली परिमार्जनको ड्राफट तयार गर्ने र दलित अगुवा र कानून व्यवसायसँग छलफल गर्ने निर्णय गरेको समितिका सदस्य रामो महराले बताए ।
सुझाव पेश गर्न समितिलाई ५ दिनको समय दिइएको छ । समितिका संयोजक भोला पासवानले नियामावली परिमार्जन गर्न समय सिमा कम भएकोले समाजिक संजालबाट समेत सुझाव दिन आग्रह गरेका छन् ।
बैठकमा दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठा,सदस्य राजकुमार दास र श्याम सरदारले समितिका संयोजक र सदस्यहरुलाई खादा, समितिको डायरी र क्यालेण्डरसहित सम्मान गरेका थिए ।
समितिको पहिलो बैठक सम्पन्न
सारांश
- दलित विकास समितिको कार्यालयमा दलित सशक्तीकरण नियामावली २०७८ मा रहेको सदस्यहरुको काम, कर्तव्य अधिकारसहित सेवासुबिधा लगायत अन्य विषयहरु परिमार्जनको लागि बिहीबार समाजिक विकास मन्त्रालयले भोला पासवानको संयोजकत्वमा ५ सदस्य समिति गठन गरेको थियो ।
- समितिका सदस्यहरुमा पूर्व प्रदेश सांसद चमेलीदेवी दास,चन्देश्वर दास,रामो महरा र चन्देश्वर पासवान रहेका छन् ।
- सुझाव समितिको संयोजक भोला पासवानको अध्यक्षतामा बसेको पहिलो बैठकले दलित सशक्तिकरण ऐन २०७६ र दलित सशक्तीकरण नियामावली २०७८ मा अध्ययन गरि शनिबार पुन ःबैठक बसेर नियामावली परिमार्जनको ड्राफट तयार गर्ने र दलित अगुवा र कानून व्यवसायसँग छलफल गर्ने निर्णय गरेको समितिका सदस्य रामो महराले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया