दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
लोक आस्थाको पर्व छठ अन्तरगत आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै छ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन (नहाय खाय), दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ ।
राजविराजस्थित भगवति मन्दिरको पोखरी, कल्टु दास पोखरी, पूर्णी पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी तथा जिल्लाको कंचनपुर, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर सहितको दर्जनौ ठाउँमा घाट बनाएर जलाशयलाई भव्यतापूर्वक पूजापाठका लागि तयारी गरिदै छ ।
निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र अरोग्यका लागि यो पर्व मनाउने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडी धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।
संघीय सरकारले छठ पर्वको अवसरमा आज सार्वजनिक विदा दिएको छ भने मधेश प्रदेश सरकारले यस पर्वको अवसरमा सोमबार र मंगलबार गरि दुई दिन सार्वजनिक बिदा दिएको छ ।
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
सारांश
- चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन (नहाय खाय), दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ ।
- राजविराजस्थित भगवति मन्दिरको पोखरी, कल्टु दास पोखरी, पूर्णी पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी तथा जिल्लाको कंचनपुर, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर सहितको दर्जनौ ठाउँमा घाट बनाएर जलाशयलाई भव्यतापूर्वक पूजापाठका लागि तयारी गरिदै छ ।
- निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र अरोग्यका लागि यो पर्व मनाउने गरिन्छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया