प्रहरीले समाचार संकलनमा  अवरोध गरेको भन्दै  महासंघद्वारा खेद व्यक्त 

राजविराज राजविराज
|
मंगलबार, चैत्र २१, २०७९
|
|
४२ पटक हेरिएको
Shares
प्रहरीले समाचार संकलनमा  अवरोध गरेको भन्दै  महासंघद्वारा खेद व्यक्त 

सारांश

  •     महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादवमाथि जिल्ला प्रहरी कार्यालयमै एक जना प्रहरी निरीक्षकबाट कुटपिट भएको खबर संकलनका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका पत्रकारलाई सूचना संकलनमा अवरोध पु¥याएको जनाइएको छ ।
  •       विज्ञप्तिमा भनिएको छ, “महासंघका उपाध्यक्ष वैद्यनाथ यादव नेतृत्वको पत्रकारहरुको टोली समाचार संकलन गर्न जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
  • तर, निमित्त प्रहरी प्रमुख डिएसपी नरेशकुमार सिंहको आदेशमा पत्रकारलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाउँदै समाचार संकलनमा बन्देज लगाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ चैत । 

    सप्तरी प्रहरीले समाचार संकलनमा अवरोध पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले मंगलबार विज्ञप्ति जारि गर्दै घटनाप्रति खेद व्यक्त गरिएको छ । 
    महासंघका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादवमाथि जिल्ला प्रहरी कार्यालयमै एक जना प्रहरी निरीक्षकबाट कुटपिट भएको खबर संकलनका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका पत्रकारलाई सूचना संकलनमा अवरोध पु¥याएको जनाइएको छ । 
    विज्ञप्तिमा भनिएको छ, “महासंघका उपाध्यक्ष वैद्यनाथ यादव नेतृत्वको पत्रकारहरुको टोली समाचार संकलन गर्न जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर, निमित्त प्रहरी प्रमुख डिएसपी नरेशकुमार सिंहको आदेशमा पत्रकारलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाउँदै समाचार संकलनमा बन्देज लगाइएको छ । समाजलाई सु–सुचित गर्ने अधिकार बोकेका पत्रकारलाई घटना सम्बन्धी यर्थात जानकारी प्रहरीले नगराउनु भएको स्वतन्त्र प्रेसमाथि हस्तक्षेप भएको हाम्रो ठहर छ ।” 
    नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिएको भए पनि सप्तरी प्रहरीको यस्तो कदमले संविधानको समेत ठाडो उल्लघंन गरेको विज्ञप्तिमा भनिएको छ । पूर्ण प्रेसमैत्री भएको भनिरहने सप्तरी प्रहरीको यो रबैयालाई सहज रुपमा लिन नसक्ने र घटनाप्रति नेपाल पत्रकार महासंघले खेद व्यक्त गरेको छ । 
    साथै आगामी दिनमा समेत यस्ता कदम नसच्याए प्रहरी विरुद्ध महासंघ संघर्षमा उत्रिन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
भन्सार छलेको कपडा,  मोटरसाइकलसहित दुई पक्राउ
भन्सार छलेको कपडा,  मोटरसाइकलसहित दुई पक्राउ
ट्रकले लियो पति पत्नीको ज्यान
ट्रकले लियो पति पत्नीको ज्यान
अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
मामा घर आएकी बालिकाले मुसा मार्ने विषादी सेवन गरेर गरिन् आत्महत्या
मामा घर आएकी बालिकाले मुसा मार्ने विषादी सेवन गरेर गरिन् आत्महत्या
मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
मेयरले गरे मानवको जस्तै कुकुरको अन्तिम संस्कार
मेयरले गरे मानवको जस्तै कुकुरको अन्तिम संस्कार
सप्तरीमा ५० हजार पशुपंक्षिको बली प्रदान, कंकालिनिमा ६ सय ३२ राँगा, २० हजार ५ सय खसीबोका,  छिन्नमस्तामा २५ हजार खसीबोकाको बली प्रदान
सप्तरीमा ५० हजार पशुपंक्षिको बली प्रदान, कंकालिनिमा ६ सय ३२ राँगा, २० हजार ५ सय खसीबोका, छिन्नमस्तामा २५ हजार खसीबोकाको बली प्रदान
उत्पीडित समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्छ : सांसद चौधरी     
उत्पीडित समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्छ : सांसद चौधरी